२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । वागमती प्रदेश सरकारका मुख्यमन्त्रि डोरमणि पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भए लगत्तै नेकपाको दाहाल—नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गरेको छ । अविश्वास प्रस्तावमा उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन । मुख्यमन्त्री राइले आफूसँग ३५ भन्दा बढी सदस्य रहेको दाबी गर्नुभएको छ भने दाहाल—नेपाल समूहले २५ भन्दा कम सदस्य राइको पक्षमा रहेको दाबी गरेको छ । प्रदेश सभामा बहुमतको लागी ४७ मत चाहिन्छ ।
दाहाल- नेपाल समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराउनुभएको थियो ।
यसअघि सामाजिक विकास मन्त्रि जीवन घिमिरे तथा सामाजिक विकास राज्य मन्त्रि जसमाया गजमेर र उध्योग , पर्यटन , वन तथा वातावरण राज्यमन्त्रि विजय विश्वासले राजिनामा दिनुभएको थियो ।