२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै नेकपा दुई खेमामा वाँडिएर समर्थन र विरोधमा आ आफ्ना गतिविधि सञ्चालन गर्न शुरु गरेका छन् । आज प्रधानमन्त्री केपी शर्माओलीको कदमलाई समर्थन गर्दै दिक्तेल बजारमा मोटरसाइकल प्रदर्शन गरिएको छ । ओली पक्षीयनेता कार्यकर्ताहरुले दिक्तेल किरात चोक देखि मोटरसाईकल ¥यालि निकालेका हुन् । दिक्तेल किरातचोक, रत्नपार्क हाटडाँडा हुँदै अगाडि बढेको ¥यालि जिल्ला समन्वय समितिको परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा नेकपाका जिल्ला कार्यालय सदस्य कुमार आचार्य लगायतले सम्बोधन गर्नुभयो । केपी ओली नेतृत्वको नेकपाले सूर्य चिन्ह पाउने हसिया हथौडामा प्रचन्ड पक्षले चित्त बुझाउनुपर्ने नेताहरुको भनाई रहेको थियो । यस्तै समर्थन सभामा बोल्दैनेकपा जिल्ला सचविालय सदस्य एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले पार्टी विभाजनको अवस्था प्रचण्ड- माधव समुहको कारणले सिर्जना भएको बताउदै यही कारण प्रधानमन्त्रि वाध्य बनेर ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताउनुभयो । त्यस्तै नेकपा हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष सुरेन्द्र राईले नेकपा विभाजनको दोष फुटाएर जाने माधव प्रचण्डले लिनुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राईले प्रचन्ड अवसरवादी र फुटपरस्त नेता भएकोले विगतमा पनिआफ्ना पार्टीका कैयौ नेताहरुलाई दुख दिदै वाहिरन वाध्य पार्नुभयो । माधव नेपाल र झलनाथको पनि यही हालत हुनेछ भन्दै ताजा जनादेशका लागि जान कोही डराउनु नहुने बताउनुभयो ।