२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव समूह) ले आज खोटाङको सदरमुकाम दिक्तेलवजारमा वृहत विरोध प्रदर्शन गरेको छ । उल्लेख्य जनसहभागिता रहेको विरोध र्याली दिक्तेल बजारको हेलिप्याडबाट शुरु भएर रत्नपार्क किरात चोक पुगी त्यहाँबाट त्रिवेणीचौक, पुरानो बैँक चोक हुदै भानुचोक पुगेर पुन भवनगैरामा समापन भएको थियो ।
विरोध र्यालीको वीच वीचमा विभिन्न स्थानहरुमा कोण सभा गर्दै केन्द्र तथा जिल्लास्तरका नेताहरुले सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको समापन हुनु अघि भवनगैरामा भएको कोण सभालाई ¥यालिको नेतृत्व गरेका नेकपा स्थायी समिति आमन्त्रित सदस्य टंक राईले जनताको प्रतिनिधित्व गर्ने संस्था प्रतिनिधि सभाको विघटन गरेर प्रधानमन्त्रि केपी शर्मा ओलीले घोर असंवैधानीक एवं अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताउनुभयो । उहाले केपी ओलीलाई नेता मान्नु नै गल्ति भएको भन्दै बहुमतको अधिनस्त अल्पमत भन्ने कम्युनिष्ट पार्टीको विधि विधाननै नमान्ने नेताको काम नभएको जिकिर गर्नुभयो ।
यस्तै कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज प्रदेश सभा सदस्य राजन राईले संसद विघटन गर्नु जनताको सर्वोच्चतामाथी नै धावा बोल्नु हो भन्नुभयोे । उहाले संसद विघटन गरेर पार्टीलाई फुटाउने हर्कत गरेको भन्दै जनविरोधी केपी ओली र उनको कदममा साथ दिने राष्ट्रपतिलाई अब जनताले ठेगान लगाउने बताउनुभयो ।यस्तै कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज प्रदेश सभा सदस्य रामकुमार राई पासाङले ओली सरकार भ्रष्टाचारमा चुर्लुमम डुबेको भन्दै प्रतिनिधि सभा पुनस्थापना नभए सिंहदरवारबाट जनताले निकाल्ने दावी गर्नुभयो ।
यस्तै विभिन्न स्थानमा भएको कोणसभाहरुमा नेकपा प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति अध्यक्ष बबि चाम्लिङ, नेता जलसेर राई, सुरेश राई, समिता कार्की अस्मिता, खडेन्द्र राई, नरेश राई, धुर्व बुढाथोकी धिरेन लगायतले कोण सभालाई सम्बोधन गर्दै अहिले प्रधानमन्त्री केपी ओलिले चालेको असंवैधानिक कु को र राष्ट्रपति विद्या भण्डारीले गरेको स्विकृतिको कडा विरोध गर्नुभएको थियो ।