मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर
माघ १३, २०७७, Diktelrupakotmajhuwagadi
मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर
■ डा. राजकुमार राई
दोश्रो संविधान सभामार्फत २०७२ सालमा नयाँ संविधान लागु भएपछि राजनीतिक स्थिरता हुन्छ भन्ने धेरैलाई लागेको थियो । नयाँ संविधान लागु भएको दुई वर्षपछि २०७४ सालमा भएको आम निर्वाचनमा नेकपाले झन्डै दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउने अवसर प्राप्त गर्यो । यसबाट त झन् मुलुकमा राजनीतिक स्थिरता हुने भयो भनेर सबैले सोचेका थिए । शान्ति अमनचयन कायम हुँदै मुलुक द्रुत गतिमा सम्वृद्दीको दिशामा अघि बढ्ने भयो भनेर आसा र भरोसा गरिएको थियो । तर बिडम्बनाका साथ् भन्नु पर्छ राजनीतिक अस्थिरताको खेल सकिएको रहेनछ ।
नेकपाको आन्तरिक किचलोको चरम उत्कर्षको परिणामस्वरुप प्रधानमन्त्री ओलीले झन्डै दुई वर्ष समय छँदै संसद भङ्ग गरिदिए । संविधानलाई लिकमा हिंडाउने जिम्मेवारी पाएका प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक कदमले अहिले संविधान नै धरापमा परेको देखिन्छ । भलै यस सम्बन्धी विवादको छिनो फानो संवैधानिक इजलासले गर्न बाँकि छ । सत्तारुढ पार्टी नेकपामा गएको महाभूकम्पले बिपक्षी पार्टीहरू नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा पनि पराकम्पन ल्याएको देखिन्छ । र त्यो पराकम्पनाले कतिसम्म हल्लाउँछ समयले बताउने छ ।
वर्तमान संविधानले मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र मिश्रित निर्वाचन प्रणालीजस्ता परिवर्तनहरूलाई अङ्गीकार गरेको छ । जुन परिवर्तनहरू नेपालीहरूको चाहना बमोजिम आएको होइन भनेर केही मानिसहरूले सुरुदेखि नै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । अहिलेको राजनीतिक अस्थिरताले यी असन्तुष्टिका स्वरहरूले बल पाउने देखिन्छ । यी परिवर्तनहरूले नेपाली जनजीवनमा के फरक ल्यायो त ? भ्रष्टाचार, महिला हिँसा बलात्कार र बेरोजगारी झन् बढेर जानुको साथै जनताको जिवनस्तरमा केही फरक आएन । मात्र करको भार थपिनेभन्दा अरु केही भएन । दलीय व्यवस्थाप्रति जनताहरूमा नैराश्यताले छायो । जनतामाझ दलहरू र दलका नेतृत्वहरूले विश्वासनीयता गुमाइसकेको अवस्था छ । यसले गर्दा यी विषयहरूमा सार्वजनिकरुपमा गम्भीर छलफल गर्नुपर्ने देखिन्छ ।
एक्काइसौं सताब्दीमा निरङ्कुश राजतन्त्र अवश्य पनि ठिक होइन । तर दुवैतिर भारत र चीनजस्ता बिशाल मुलुकले च्यापिएको सानो भूपरिबेष्ठित मुलुकमा राष्ट्रीयतालाई अक्षुण राख्न पनि आलंकारिक राजसंस्था चाहिने हो कि भनेर बहस गर्न सकिने ठाउँ भएको छ । राजाको ठाउँमा अहिले राष्ट्रपतिलाई राखिएको छ । दलहरूबाट उनीहरूका जस्तोसुकै कार्यकर्ता पनि राष्ट्रपति चुनिन सक्ने भएकोले उसले राष्ट्र प्रमुखको गरिमा बचाउन सक्छ कि सक्दैन ? भन्ने यक्ष प्रश्न छ ।
मुलुकमा संघीयता लागु भएको तीन वर्ष भयो । संघीयता लागु भएपनि जनताले पहिलाको केन्द्रिकृत शासन र संघीयतामा केही भिन्नता पाउन सकेका छैनन् । संघीयता खालि मझौला खालका नेताहरूलाई थन्क्याउने ठाउँ मात्र भएको छ । अर्थात नेताहरूलाई जागिर दिने कारखाना मात्र भएको छ । राज्यको आम्दानिको श्रोत नभएपछि यी जागिरेहरूको लागि कसरी खर्च धान्ने भन्ने समस्या भएको छ । साथै संघीयता भविष्यमा झगडाको बिऊ मात्र हुने र मुलुक बिखन्डनको भुमरीमा पर्न सक्छ कि ? भन्ने खतरा पनि छ ।
संविधानमा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । राज्यलाई कुनै पनि धर्मबाट निरपेक्ष राख्ने हो भने संविधानमा यो शब्द राख्न आवश्यक थिएन । निरपेक्षको शाब्दिक अर्थ मतलब नभएको वा बेवास्ता गरिएको भन्ने बुझाउँछ । यदि राज्यले कुनै पनि धर्मलाई मतलब गर्दैन, वास्ता गर्दैन भने यो शब्द राखेर भनिराख्नु पर्ने जरुरी थिएन, त्यत्तिकै बुझिन्थ्यो । धर्मनिरपेक्ष शब्दको प्रयोगले नेपाली जनतामा एक किसिमको नकारात्मक असर परेको देखिन्छ । किनकि नेपाल भनेको बहुधार्मिक मुलुक हो । यहाँ विभिन्न किसिमका धर्मालम्बीहरू बसोबास गर्छन् । राज्यको कर्तब्य यो हुन्छ कि मुलुकभित्र भएका सबै धर्महरूको संरक्षण सम्बर्धन गर्ने हो । धार्मिक सहिष्णुताको प्रत्याभूति गराउने हो । राज्य सवै धर्महरूबाट तटस्थ हुनु पर्छ । राज्यले कुनै एउटा धर्मको आडमा जनतामाथि शासन गर्नु हुँदैन । तर यदि राज्यमा कुनै पनि धर्म संस्कृति भएन भने त्यहाँ बसोबास गर्ने जनताहरूमा विकृति र विसंगतिहरू फैलिन्छ । धर्म संस्कार बिनाका मानिसहरू आत्मा बिनाको यान्त्रिक प्राणीमा रुपान्तरण हुन्छन् । धर्म सम्बन्धी अवधारणाको लागि संविधानको धारा २६ र २९ (२) ले पर्याप्त समेटेको पाइन्छ ।
संविधानले मिश्रित निर्वाचन प्रणाली अर्थात प्रत्यक्ष र समानुपातिक भनेर दुइ प्रकारले प्रदेश र संघका जनप्रतिनिधिहरू निर्वाचित गर्ने व्यवस्था गरेको छ । समानुपातिक निर्वाचनले सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । यसको उद्देश्य राम्रो भएपनि यसको कार्यान्वयनमा दुइवटा खराबीहरू भएको पाइन्छ । पहिलो खराबी भनेको प्रत्यक्ष र समानुपातिक प्रतिनिधिहरूबीच विभेदीकरण गरिन्छ । प्रत्यक्षबाट निर्वाचित जनप्रतिनिधिहरू बढी शक्तिशाली र समानुपातिकबाट निर्वाचितलाई निरिह बनाइएको पाइन्छ । त्यस्तै समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारहरू अनुहारको बनावट हेरेर छाने पनि नेताहरूले तिनीहरू मध्येबाट आफू अनुकुल व्यक्तिहरू छान्ने चलन छ । जुन एकदमै अलोकतान्त्रिक र भ्रष्ट कार्य हो । त्यसले गर्दा यो निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्ने देखिन्छ । माथि उल्लिखित कारणहरूले गर्दा वर्तमान संविधानप्रति जनताले चित्त नबुझाइरहेको अवस्थामा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले संविधान पुनर्लेखन गर्नु पर्छ भन्नेहरूलाई थप बल पुगेको छ । राजावादीहरू नेपालमा हिन्दुराज्यसहित राजसंस्था फर्काउनु पर्छ भनेर आन्दोलन गरिरहेका छन् । धेरैले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमप्रति विभिन्न किसिमका संकाको दृष्टिकोणले हेरेका छन् । एउटा टीभी अन्तर्वार्तामा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम एउटा प्रस्थान विन्दु मात्र हो । यसको गन्तब्य भनेको कतै गणतन्त्र र संघीयतालाई हटाएर मुलुकलाई फेरि राजसंस्थासहितको हिन्दु राज्य बनाउने त होइन ? भनेर संकेत गरेका छन् । त्यस्तै नेकपा (बहुमत) का नेता प्रचण्डले पनि आफ्ना कार्यकर्ताहरूको भेलामा प्रधानमन्त्री केपी ओलीको कदम राजसंस्था पुनःस्थापना गर्ने हो भनेर आरोप लगाएका छन् ।
अहिले मुलुक गम्भीर राजनीतिक भुमरीमा फसेको देखिन्छ । दलहरूमा आन्तरिक किचलो पर्याप्त सुरु भइसकेको छ । संसद पुनस्थापना हुने कि नहुने भन्ने बारेमा अदालतमा बहस भइरहेको छ । अदालतबाट जस्तोसुकै निर्णय आएपनि राजनीतिक खिचातानी हुने निश्चितप्राय छ । अन्त्यमा फेरि संविधान पुनर्लेखनको सम्भावना पनि उत्तिकै छ । अहिलेको संविधान जनतामैत्रीभन्दा बढी नेतामैत्री देखिन्छ । संविधान पुनर्लेखन गर्नु परेको अवस्थामा शुसासन सम्वन्धी छुट्टै भाग वा धारा बनाउन जरुरी छ । भ्रष्टाचारीलाई कडा भन्दा कडा कारवाही गर्ने कानुनको प्रत्याभूति संविधान मै उल्लेख गरिनु पर्छ ।
राज्यका तीनवटा अङ्गहरू ः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एक अर्काका परिपूरक संस्थाहरू हुन् । सबै अङ्गहरूको उत्तिकै महत्व हुन्छ । तर हाम्रो संविधानले कतै कार्यपालिकालाई बढी हावी बनाउन खोजेको हो कि ? भन्ने आभास हुन्छ । अहिले कार्यकारी प्रमुख केपी ओलीको कदमले आफूलाई जन्म दिने व्यवस्थापिकालाई नै मारिदिएको छ । त्यस्तै न्यायपालिका पनि कार्यपालिकाबाट प्रभावित हुने हो कि भन्ने धेरैले संका गरेका छन् । लोकतन्त्रको विकल्प केही हुन सक्दैन । लोकतन्त्रलाई बलियो र सुनिश्चित गर्न व्यवस्थापिकालाई सबैभन्दा बलियो बनाउन संविधानमा त्यस सम्बन्धी प्रावधान राखिनु पर्छ ।
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...