दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन
२०७७ माघ २०, हलेसीन्युजडेस्क //
खोटाडको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं १ दिक्तेलस्थित कोलेबारीमा वीउ प्रशोधन प्लान्ट भबनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका वीच उक्त भबन उद्घाटन भएको हो ।
प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन खोटाड र कोलेवारी कृषि सहकारी संस्था लि. को साझेदारीमा निर्मित उक्त भबनको आज कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिब डा.योगेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यतामा उहाकै हातबाट ब्यानर खोल्दै उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कोलेबारी कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल आचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।
२०७६ फागुन २७ गते सम्झौता गरेर २०७७ असार ३१ गते ५७ लाख १० हजार ४ सय ७१ रुपैंयाको लागतमा उक्त भवन सम्पन्न भएको हो । ६ महिना अगावै भवन निर्माण सम्पन्न भएपनी कोरोनाका कारण उक्त भवन उद्घाटनमा ढिलाई भएको कोलेबारी कृषि सहकारी संस्थाका अध्यक्ष गोपालचन्द्र आचार्यले बताउनुभयो । भबन निर्माणमा रु.२८ लाख ११ हजार ७४१ रपैया र उपकरण खरिद तथा ब्यबस्थापनका लागि रु. ३ लाख ५७ हजार ४ सय ९६ रुपैया प्रधान मन्त्रि कृषि आधुनीकिकरण परियोजना खोटाङ को लागत परेको छ भने कोलेबारी कृषि सहकारी संस्थाको तर्फबाट भबन निर्माण तर्फ रु.२८ लाख ९८ हजार ७ सय ३६ र मेसिनरी उपकरण ब्यबस्थापन तथा खरिद तर्फ रु.३१ लाख ८७ हजार १ सय ८२ रपैया गरी जम्मा रु.६३ लाख ५६ हजार ३ सय ९९ रुपैपा लागत रहेको जानकारी दिइएको छ । भबन निर्माण तथा मेसिनरी समान मा ५० प्रतिसत र ढुवानीमा १००प्रतिशत अनुदान प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाइ मकै जोन खोटाङको रहेको छ ।
मेशिनेरी उपकरणमा ग्रेडिङ मेसिन, बीउ उपचार मेसिन, बोरा सिलाउने मेसिन, मकै छोडाउने मेसिन, हाते ट्याक्टर ६ वटा, मकै पिस्ने मेसिन, मकै रोप्ने मेसिन, तौल मेसिन लगायतका हाते औजारहरु सहकारीले खरीद गरेको परियोजनाका नायवसुव्वा ध्रुवकुमार कार्कीले जानकारी दिनुभयो ।
सहकारीले १०० रोपनी भन्दा माथि १५ वर्षे करार गरेर आधुनिक कृषि प्रणाली अपनाई सामूहीक कृषि खेती गद्रै आएको छ । २०७६ सालमा दर्ता भएको यस सहकारीको अधिवेशन भने आउँदो फागुनमा सम्पन्न गर्ने जनाइएकोछ ।
कार्यक्रममा बोल्दै नगरपालिकालाई पूर्ण अर्गानिक नगर बनाएर कृषिमै आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरमा नयाँ जोन कार्यक्रम अन्र्तगत तरकारी, बाख्रा,बंगुर र किवि जोन कार्यक्रम स्थापना गर्ने लक्ष्य राखिएको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनु भयो । मन्त्रालयबाट आउनुभएका कृषि सचिव डा. कार्कीलाई यी जोन कार्यक्रमलाई चासो दिन समेत मेयर रिजालले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिब डा.योगेन्द्रकुमार कार्की, दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल , उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरिया लगायतको उपस्थिति रहेको थियो । यस्तै सहकारी संस्थासंग सम्वद्ध सदस्यहरु, स्थानीयबासीहरु ,पञ्च माध्यमिक बिध्यालयका कृषि धार तर्फका बिध्यर्थीहरु एवं पत्रकारको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।