प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ
माघ २०, २०७७, Diktelrupakotmajhuwagadi
प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ
२०७७ माघ २०,तेह्रथुम, हलेसीन्युजडेस्क //
प्रदेश सरकारको रातो किताबमा उल्लेख भए अनुसारको प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुम जिल्लाको म्याङ्लुङ्ग नगरपालिकामा शुभारम्भ भएको छ । म्याङ्लुङ्ग नगरपालिकाको आयोजना, प्रदेश सरकार र हेल्पिङ युथ इटहरीको सहकार्यमा आयोजित कार्यक्रमको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
म्याङ्लुङ्ग नगरपालिकाका एक सयभन्दा वढी जेष्ठ नागरिकहरु सो तीन दिने दन्त शिविरबाट लाभान्विन्त भएका छन् ।। पहिलो दिन दन्त परीक्षण गराउने, दोस्रो र तेस्रो दिन उपचार तथा दाँत उपहार ग्रहण गर्ने कार्यक्रम रहेको थियो ।। कार्यक्रमको सफलताका लागि शुभकामना दिने क्रममा प्रदेश प्रमुख प्यासीले नेपाल सरकारले जेष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा सेवा सुविधा र खानपानमा सहज हुने वातावरण सृजना गर्नको लागि यस्तै रोचक तथा प्रभावकारी कार्यक्रम आयोजना गरेको बताउनु भयो । आज बृद्ध भएका नागरिकले हिजोको असहज परिस्थितिमा देशलाई अतुलनीय योगदान दिएको र आजको परिवर्तन त्यही योगदानको प्रतिफल भएको कुरालाई देशले आज सम्झिएकोले खुशी लागेको धारणा राख्नुभयो ।
म्याङ्लुङ्ग नगरपालिका मेयर सञ्जय कुमार तुम्वाहाम्फेको सभाध्यक्षतामा सम्पन्न नागरिक दन्त उपहार कार्यक्रममा उपमेयर पार्वती सानु डाँगीले स्वागत मन्तब्य राख्नुभएको थियो भने हेल्पिङ युथका संयोजन केशव रिमालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । पूर्वाञ्चल डेन्टल हस्पिटल, इटहरीले प्राविधिक सहयोग पु¥याएको थियो भने कार्यक्रम सत्र, अठार र उन्नाइस गते प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सन्चालन गरी समापन गरिएको थियो ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...