सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती
फाल्गुन १, २०७७, Diktelrupakotmajhuwagadi
सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती नगरपालिका
२०७७ फागुन १, हलेसीन्युजडेस्क //
खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबिचमा भगिनी सम्वन्ध कायम भएको छ । २०७६ साल साउन १९ गते काठ्माण्डौंको दक्षिणकाली नगरपालिकासँग भगिनी सम्वन्ध कायम राखेको हलेसी तुवाचुङ नगनरपालिकाले पुःन पनौती नगरपालिकासँग भगिनी सम्वन्ध गाँसेको हो ।
आ–आफ्नो क्षेत्रमा भएका नमूना कार्यको सिकाई आदान–प्रदान गरी मित्रवत रुपमा संस्थागत क्षमता अभिबृद्धिका साथै पारस्पारिक लाभ प्राप्त गर्ने लक्ष्यका साथ शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र पनौती नगरपालिकाका मेयर भिम न्यौपाने वीचमा ६ बुदे सम्झौता–पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्वन्ध स्थापित गरिएको हो ।
दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्धिपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कार्यको सिकाई आदान–प्रदान गर्दै संस्थागत क्षमता अभिबृद्धिका साथै पारस्पारिक लाभ प्राप्त गर्न मित्रवत सम्वन्ध अभिबृद्धि गर्ने उद्धेश्यले रणनीतिक सम्वन्धको संयुक्त घोषणा पत्रको सिद्धान्तमा आधारित रही साझा समझदारीको बुँदा अनुसार सम्वन्ध कायम गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो ।
दुई नगरपालिकाबिचमा दुबै पक्षले आफ्नो परिधि तथा नियम कानूनमा रही धर्म, सँस्कृति, पर्यटन लगायतका सफलतम नमूना कार्यको सिकाई आदान प्रदान गरी संस्थागत क्षमता अभिबृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्नरत रहने, सान्दर्भिक सूचना आदान–प्रदान गरी निकट सम्वन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारीहरु व्यवस्थापन सम्वन्धमा आवश्यक नीति, कानून, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्नरत रहने सम्झौता गरिएको छ ।
यस्तै, दुबै नगरपालिका आ–आफ्नो क्षेत्रमा समान रुपले लागू हुने प्रकृतिका एक अर्काको अनुकरणीय कार्यको अनुभव र अभ्यासको अध्ययन र अनुसरण गर्दै सह–संवृद्धि र विकासमा आफ्ना प्रयत्नहरु केन्द्रित गर्न प्रतिबद्ध रहने, दुबै पक्ष व्यवसायिक क्षमता अभिबृद्धिका लागि सम्वन्धित नगरको उद्योग बाणिज्य संघ लगायतका निजी क्षेत्रसँगको साझेदारीमा कार्य सञ्चालन गर्न क्रियासिल रहने लगायतका समझदारी कायम गरिएको छ ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...