खोटाङ यातायात प्रालिको दोश्रो बार्षिक साधारण सभा सम्पन्न
२०७७ फागुन १, हलेसीन्युजडेस्क //
खोटाङ यातायात प्रा.लि.ले आफ्नो दोश्रो बार्षिक साधारण सभा तथा दुर्घटना न्युनिकरणका लागि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । “खोटाङकै लगानी खोटाङकै यात्रा ः सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आफ्नो सेवा प्रबाह गरिरहेको प्रालि अहिले जिल्लाकै सफल यातायात प्रालि बन्न पुगेको यातायात ब्यबसायी हरुले बताएका छन ।
दिक्तेल स्थित समन्वय समितिको सभाहलमा माघ ३० गते भएको उक्त कार्यक्रमले रिक्त रहेका पदहरुमा पदपूुर्ति समेत गरेको जनाएको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिशिष्ट अतिथि तथा यातायात ब्यबसायीहरुलाई प्रालिका सल्लाहकार बुद्धिबिनोद लुइटेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा यातायात ब्यबसायमा भएका कमिकमजोरी तथा राम्रा नराम्रा पक्षहरुको उल्लेख गर्दै सुधार गर्नुपर्ने पक्षहरुलाई जोड दिइएको थियो । खोटाङ यातायात प्रा.लि.ले स्थापना कालदेखि नै आफ्नो सेवामा कुनै पनि कमि आउन नदिन सचेत रहेको बताउदै सल्लाहकार लुइटेलले अबका दिनमा यातायात सेवालाइ अझ प्रभाबकारी बनाउदै लैजाने बताउनुभएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले दुर्घटना न्युनिकरणका लागि सचेतनामूलक प्रशिक्षण समेत दिनुभएको छ । प्रशिक्षणमा यातायातका साधानहरु सञ्चालनमा हुने दुर्घटना तथा मानवीय भौतिक क्षतिलाई कम गर्नै उद्धेश्यले सवारी चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिलाइएको थियो साथै सवारी दुर्घटना हुन सक्ने सम्भाभित कारक तथा सवारी चालकहरुले जान्नुपर्ने आधारभूत पक्षहरुको वारेमा जानकारी गराइएको थियो ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले खोटाङ यातायात प्रा..लि.ले दिइरहेको सेवा सन्तोषजनक रहेको बताउनुभएको छ । यातयात सेवालाई अझ बिस्तार गर्नमा आफूहरु लागिपरेको बताउदै नगरप्रमुख रिजालले नगरपालिकाभित्र बनाइएका बसपार्कहरुको भने सही सदुपयोग हुन नसकेको तर्फ संकेत गर्नुभयो । लाखौ रकम खर्चेर बसपार्क बनाइए पनि यातायातका साधनहरु सडक किनारामा अब्यबस्थित ढंगले राखिदा विभिन्न अप्ठेरो र असुहाउदो भएको बताउदै अबका दिनमा यातायातका साधनहरु बसपार्कमा राख्न निर्देसन समेत दिनुभएको छ । सम्बन्धित निकायले पटक पटक बसपार्कको प्रयोग गर्न अनुरोध गरे पनि यस तर्फ सम्बन्धित पक्षले ध्यान नदिएको भन्दै अब यस्तो कार्य दोहोरिएमा नगरपालिका र प्रहरी कार्यालयसँंगको समन्वयमा एक्सन लिइने उहाको भनाइ थियो ।
प्रा.लि.ले यातायात पत्रकारिता पुरस्कार तथा यातायातको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने १४ जना ब्यक्तिहरुलाइ सम्मान गरेको छ । सम्मानित हुनेमा प्रालि का निबर्तमान अध्यक्ष गणेसविक्रम शाही, बर्तमान सल्लाहकार बुद्धिबिनोद लुइटेल, पत्रकार दमन राई, अमिर अधिकारी,सुर्य हिङमाङ, सन्तोष बस्नेत, सवारी चालक बाबुराम थापामगर, प्रकास तामाङ, प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरिया, प्रालिका पूर्बसदस्य दानबहादुर श्रेष्ठ, पूर्ब उपाध्यक्ष भिम राई, पूर्ब कोषाध्यक्ष सन्तोषबाबु आचार्य र जिल्लाका बरिष्ठ पत्रकार कृष्ण आचार्य रहनुभएको छ ।
कार्यक्रम समन्वय समितिका प्रमुख बबि चाम्लिङको प्रमूख आतिथ्यता तथा खोटाङ यातायात प्रालिका बर्तमान अध्यक्ष टेकेन्द्र राई को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा , डि एस पी नारायणप्रसाद चिमोरिया, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नेपाली कांग्रेसकी नेतृ डिल्लीकुमारि आचार्य, नेकपा प्रचण्ड नेपाल पक्षका नेता संगिन राई तथा संंघ सस्थामा आवद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।