दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९
फाल्गुन १, २०७७, Diktelrupakotmajhuwagadi
दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप दिइने
२०७७ फागुन १, हलेसीन्युजडेस्क //
स्वास्थ्य कार्यालय खोटाङले दोस्रो चरणको लागि कोभिड १९ विरुद्धको खोपको तयारी गरेको छ ।
कोरोना भाइरस कोभिड १९ विरुद्धको खोपका लागि दोश्रो प्राथमिकतामा परेका कर्मचारी, पत्रकार जनपथ प्रहरी तथा पहिलो चरणमा छुटेका ब्यक्तिहरुलाई फागुन २ गतेबाट खोप दिइने थाहा भएको छ ।
खोप सबैको पहुँचमा पुर्याउने उदेश्यले जिल्लामा जिल्ला अष्पताल सहित अन्य २ वटा खोप केन्द्रहरु तोकिएका छन् । फाल्गुण २ गतेदेखि एकहप्तासम्म जिल्ला अष्पतालबाट खोप सेवा दिइने छ भने खोटेहाङ स्वस्थ्य चौकी र ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रबाट फागुन ३ गतेदेखि एक हप्तासम्म खोप सेवा उपलव्ध गराइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
कोरोना विरुद्धको खोप लगाउन सरकारले आह्वान गरिरहेको भए पनि खोटाङ जिल्लामा खोप कमै मात्रामा लगाएको देखिएको छ । जिल्लामा पहिलो चरणको लागि आएको ३,५६० डोज खोपमा जम्मा ७२० डोज मात्र खर्च भएको छ जसबाट ६९१ जनाले खोप पाएकाछन् । अब यो चरणको खोपलाई प्राथमिकतामा परेका सबै को पहुच मा पुर्याउने ध्येयका साथ खोप केन्द्रहरु स्थानीय तह सम्म पुर्याइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिग्देल ले बताउनु भयो । खोप लगाउएका व्यक्तिहरुलाई कसैकसैलाई सामान्य ज्यरो आउन सक्ने, थकान महसुस हुन सक्ने, रिंगटाको अनुभव लागे पनि सिटामल खाएपछि दुइदिन भित्रमा ठीक हुने जनाइएको छ । पहिलो पटक खोप लगाएपछि दोश्रो मात्राका लागि चार हप्तादेखि आठ हप्ताभित्रमा खोप लगाउनुपर्नेहुन्छ । तर १८ बर्ष भन्दा कम उमेरका व्यक्ति, स्तनपान गराइरहेका आमा, गर्भवती महिला।, गर्भवती हुन चाहने महिला, औषधि वा कुनै कारण एलर्जी भएका ब्यक्तिहरु र ज्वरो आइरहेको भए कोभिड १९ विरुद्धको खोप लगाउन नमिल्ने जनाइएको छ ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...