रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा Talent Hunt कार्यक्रम शुरु
२०७७ फागुन ३ , हलेसीन्युजडेस्क //
ग्रामिण शिक्षा तथा वताबरण बिकास केन्द(REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना अन्तर्गत मेरो रेडियो मेरो भबिस्य कार्यक्रम खोटाङको हलेसी तुवाचुङ नगरपालिका परियोजना क्षेत्रका १० वटा माध्यमिक बिध्यालयहरुमा सञ्चालन भैरहेको छ । वालवालिकाहरुको नेतृत्व विकास क्षमता अभिवृद्धि गर्नका लागि हाल यस संस्थाले सम्पूर्ण छनौट भएका बिध्यालयहरुमा वालवालिकाहरुका लागि Talent Hunt सम्बन्धि कार्यक्रम सञ्चालन गर्न शुरुवात गरेको हो ।
यसै क्रममा गत माघ २८ गते हलेसीतुवाचुङ नगरपालिका वडा नं १ वाहुनीडाँडास्थित मालिकादेवी माध्यामिक विध्यालयमा Talent Hunt कार्यक्रम सञ्चालन भएको थियो । यस कार्यक्रम को पहिलो चरणमा जनता माध्यमिक बिध्यालय वडा नं ९ सल्ले, मालिकादेबि माध्यमिक बिध्यालय वडा नं १ बाहुनिडाँडा र दुर्छिम माध्यामिक विध्यालय वडा नं. ५ दुर्छिमका बिध्यार्थीहरुले Talent Hunt का कार्यक्रममा सहभागी बनेका थिए । जसअनुसार गत माघ २६ गते जनता माध्यामिक विध्यालय सल्लेमा विध्यार्थीहरुवीच नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । नृत्य प्रतियोगितामा १४ जना बिध्यार्थीहरुले आफ्नो नृत्य कला प्रदर्शन गरेका थिए । जसमा शनिला राई, चाँदनी राई प्रथम, दिपा श्रेष्ठ, विना राई द्धितिय र सुशिला विक, मनिषा पौडेल तृतिय हुनुभएको थियो ।
त्यसैगरी माघ २८ गते मालिकादेबि माध्यमिक बिध्यालय वाहुनीडाँडा र दुर्छिम माध्यामिक विध्यालय दुर्छिममा छुट्टा छुट्टै शिर्षक दिएर विध्यार्थीहरुका वीच वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिएको थियो । मालिकादेवी माविमा छोरीलाई दाइजो हैन शिक्षा दिनुपर्छ भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता राखिएको थियो । प्रअ मेघनाथ रिजालको सभापतित्व तथा विव्यास अध्यक्ष दिपककुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सञ्चालन जयन्ती राइले गर्नु भएकोथियो । फोकल शिक्षक परशुराम चौहान हुनुहुन्थयो । प्रकाश तिमिल्सिना, परशुराम पौडेल र ताराप्रशाद पौडेल रहनुभएको निर्णायक मण्डलले वक्तृत्व कलाका प्रतियोगितामा क्रमश मेलिना राई प्रथम, दुर्गा कार्की द्धितिय एवं सुजन माझी तृतीय घोषित गरिएको छ । त्यस्तै अञ्जली राई सान्वना घोषित हुनुभएको छ । यो कार्यक्रममा २० विध्यार्थीहरु सहभागी बनेका थिए ।
दुर्छिम माध्यामिक बिध्यालयमा लैंगिक समानता सिर्षकमा भएको वक्तृत्व प्रतियोगिता कार्यक्रममा टंक दाहाल, शारदा निरौला र मानबहादुर शाही रहनुभएको निर्णायक मण्डलबाट वर्षा राई प्रथम, काजनजंग राई द्धितिय र अविन राई तृतिय घोषित हुनुभयो । त्यहा १२ जना बिध्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम उक्त मा.वि.का प्रअ मेजर राईको सभापतित्वमा सञ्चालन भएको थियो । सो विध्यालयको फोकल टिचर निशान राई रहनुभएको विध्यालय श्रोतले बताएको छ ।
रिड नेपालबाट परियोजना क्षेत्रभित्रका बिध्यालयहरुका लागि छनौट भएका अनुगमन समुहका बिध्यार्थीले आयोजना गरेको उक्त कार्यक्रममा जम्मा ४६ जना प्रतिभावान बिध्यार्थीहरुले सहभागिता जनाएको परियोजनालाई खोटाङमा रहेर अनुगमन गरिरहनुभएकी फिल्ड अफिसर मञ्जु खानियाले हलेसी एफएमलाई बताउनु भयो ।