प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
फाल्गुन ४, २०७७, Diktelrupakotmajhuwagadi
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन ४ , हलेसीन्युजडेस्क //
नेपाली कांग्रेसले प्रधानमन्त्रि केपि ओलीद्धारा पौष ५ गते भएकोे प्रतिनिधि सभा विघटन विरुद्ध फागुन ३ गते देशभरिका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस खोटाङले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै खोटाङको सदरमुकाम दिक्तेलवजारमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार असंवैधानिक कदमका विरुद्ध खोटाङ कांग्रेसले सोमबार दिक्तेलवजारमा विरोध प्रदर्शन गरेको हो ।
दिक्तेलस्थित वीपी स्मृति भवनबाट सुरु भएको विरोध ¥याली बजार परिक्रमा गर्दै त्रिवेणी चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा वक्ताहरूले केपी सरकारले जनमतको कदर नगरी तानाशाही प्रवृत्ति देखाएकाले सडकमा आउनुपरेको बताउनुभयो ।
कोण सभालाई सम्वोधन गर्ने वक्ताहरुले नेकपाले चुनावताका जनतालाई झुटा आश्वासन दिएर भोट लिएको आरोप लगाएका थिए । घर घरमा ग्यासल्याइदिने, पानीजहाजका सपना बाँडेको, वृद्ध नागरिकहरुलाई घरघरमा पुगेर पाँचहजार भत्ता दिने भनेर ढाँटेको भन्दै आक्रोश पोखेका थिए । त्यस्तै संविधान र लोकतन्त्र रक्षा, जनमत कदरका लागि जिल्लाबासीलाई कांग्रेस पार्टीमा लाग्न आग्रह गरेका थिए ।
नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको सभापतित्वमा भएको कोणसभालाई पूर्व सभापति एवम् महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य सुवाशकुमार पोखरेल, पूर्वमन्त्री तथा महासमिति सदस्य सर्वधन राई, सभाषद सरस्वती बजिमय, निवर्तमान प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, महासमिति सदस्य रविप्रकाश राई, महासमिति सदस्य दिनेश राईलगायत महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्य समितिका नेताहरुले कोण सभालाई सम्वोधन गर्नुभयो ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...