इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि दुईदिने सिपमूलक तालिम प्रदान
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
इटहरी उपमहानगरले दुई दिन सम्म तालिम दिएर सिकाएको भोलिपल्टै देखि इटहरी ५ जनतावस्तिकी मालती राईले डोनट वनाएर वेच्न थाल्नुभयो । इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि दुईदिने डोनट, भक्का र पकौडा वनाउने तालिम दिएपछि १६ जना महिलाले सिकेको शीप अनुसार डोनट, भक्का र पकौडा वनाएर वेच्न थालेका हुन ।
उपमहानगरले ब्यवसाय संचालन गर्न आवश्यक पर्ने भाँडा, ताई, आरी, जग, झाँभर, वाल्टी, चिम्टा, तेल र पीठो प्रदान गरेको छ । उपमहानगरका प्रमुख द्धारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ती समाग्री प्रदान गर्नुभयो । प्रमुख चौधरीले महिला दिदीवहिनीलाई आत्मनिर्भर वन्न शुभकामना दिनुभयो । उपप्रमुख गौतमले परिवार धान्न समस्या परिरहेका दिदी वहिनीहरुले गरिखाने अवस्था सृजना गर्न उपमहानगरले तालिम प्रदान गरी समाग्री समेत उपलब्ध गराएको वताउनुभयो । तालिम र ब्यवसाय संचालन गर्न आवश्यक पर्ने समाग्री प्राप्त गरेपछि मालती राईले भन्नुभयो “घरैमा त्यतिकै वस्नुभन्दा डोनट वनाएर वेच्दा नुन तेल खान पुग्ने रहेछ ।” इटहरी उपमहागरले संचालन गरेको डोनट,भक्का र पकौडा वनाउने तालिममा २७ जना महिलाको सहभागिता थियो । ती मध्ये १६ जनाले डोनट, भक्का र पकौडा वनाएर वेच्न सुरु गरेका हुन ।