महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
फाल्गुन १५, २०७७, Diktelrupakotmajhuwagadi
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन १५, हलेसीन्युजडेस्क //
ग्रामिण शिक्षा तथा वताबरण बिकास केन्द(REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना अन्तर्गत मेरो रेडियो मेरो भबिस्य कार्यक्रम खोटाङको हलेसी तुवाचुङ नगरपालिका परियोजना क्षेत्रका १० वटा माध्यमिक बिध्यालयहरुमा सञ्चालन भैरहेको छ । वालवालिकाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि हाल यस संस्थाले सम्पूर्ण छनौट भएका बिध्यालयहरुमा वालवालिकाहरुका लागि Talent Hunt सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेकोे हो ।
यसै क्रममा गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हलेसीतुवाचुङ नगरपालिका वडा नं.७ हलेसीस्थित महेन्द्रोदय माध्यामिक विध्यालयमा पनि गायन प्रतियोगिताको आयोजना गरियो भने फागुन १४ गते वडा नं. ११ राजापानीस्थित ज्योति माविमा कविता प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ७ हलेसीस्थित महेन्द्रोदय माध्यामिक विध्यालयमा विध्यालय अन्तर्गतकै वाल ल्कवका अध्यक्ष टेलिसा राईको सभापतित्व एवं विध्यालयका प्रधानाध्यापक चक्रबहादुर राईको प्रमुख आतिथ्यता र REED NEPAL को हलेसीतुवाचुङ नगरपालिका परियोजनाकी फिल्ड अफिसर मन्जु खनियाको विशेष आतिथ्यतामा सम्पन्न भएको गायन प्रतियोगितामा ९.जना विध्यार्थीहरुले भाग लिएका थिए ।
सुरेश मल्ल, प्रतिभा राई र यविन्द्र राई को निर्णायक मण्डलले सहभागीहरुमध्ये टेलिसा राईलाई प्रथम, आशिस राईलाई द्धितिय र प्रतिक्षा राई तथा रन्जिता दाहाललाई तृतिय घोषित गरेको थियो । त्यस्तै नेपाली हामी गीत गाएर अशोक कार्कीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
यसैगरी फागुन १४ गते वडा नं. ११ राजापानीस्थित ज्योति माध्यामिक विध्यालयमा Talent Hunt कार्यक्रम अन्तर्गत विध्यार्थीहरुवीच कविता प्रतियोगिताको आयोजना गरिएको परियोजनाका फिल्ड अफिसर मन्जु खनियाले जानकारी दिनुभयो । प्रधानाध्यापक शम्भुप्रसाद घिमिरेको सभापतित्वमा भएको कविता प्रतियोगिता कार्यक्रममा २१ जना विध्यार्थीहरु सहभागी थिए ।
विष्णुकुमार कार्की , खेमनारायण श्रेष्ठ तथा रञ्जन नेपाल रहेको ३ सदस्यीय निर्णायक मण्डलबाट छोरीको गुनासो शिर्षक कवितामा कक्षा १० की ममता कार्की प्रथम घोषित भइन, त्यस्तै कक्षा १० की तिर्सना राईले छोरा छोरी एउटै सन्तान कविता वाचन गरेर द्धितिय स्थान ओगट्न सफल भइन भने कक्षा ९ मा अध्ययनरत उद्धव वुढाथोकीले रिड नेपाल शिर्षक कविता वाचन गरेर तृतिय हुन सफल बने । कक्षा १० का विध्यार्थी रमेश कार्कीले सान्त्वना स्थान प्राप्त गरे । उनले हिजोआज शिर्षकमा कविता वाचन गरेका थिए ।
विध्यालयस्तरका यस्ता कार्यक्रमहरुले विध्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रष्फुटन हुने र आत्मविश्वास जाग्ने फिल्ड अफिसर मन्जु खनियाले बताउनुभयो ।
Reporter : दिपेन्द्र खनाल
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति
२०७७...
खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई...
श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन
२०७७ चैत्र २७,...
मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी...
नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन
२०७७ चैत्र...
प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई...
खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति
२०७७...
नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न
२०७७ चैत्र २२,...
अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााटन
२०७७...
दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन
२०७७ चैत्र २०,...
ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै
२०७७ चैत्र २०, हलेसीन्युजडेस्क...
राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार
२०७७ चैत्र...
विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
२०७७ चैत्र...
ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी...
क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली !
२०७७...
दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा...
विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन
२०७७ फागुन, हलेसीन्युजडेस्क //
चार...
स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि...
बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको...
सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित
२०७७ फागुन २८,...