ताजा समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति || खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई || श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन || मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी || नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन || प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई || खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति || नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न || अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााट || दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन || ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै || राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार || विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न || ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता || क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! || दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा || विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन || स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि || बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको || सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित || सर्जक प्रकाश आचार्य भावुक (प्रभा)द्धारा लेखिएको शोक काव्य हजुरवा विमोचन || दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका—६ नेर्पामा दिवाखाजा कार्यक्रम उद्धघाटन || आज मार्च ८ / १११ औँ श्रमिक || श्रमिक महिला दिवसको इतिहास पल्टाउँदा || इटहरी उपमहानगरपालिकाद्धारा महिला समूहलाई नौमती वाजा प्रदान || कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप आजबाट खोटाङमा पनि शुरु || अन्ततः ओली—दाहालको हातबाट फुत्कियो नेकपा नाम || अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने || ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने ||

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको

फाल्गुन १५, २०७७, Diktelrupakotmajhuwagadi



खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको उच्च स्तरीय टोलीद्धारा अनुगमन 

२०७७ फागुन १५, हलेसीन्युजडेस्क //
खोटाङका एक जेष्ठ नागरिकको सम्मानजनक वाँच्न पाउने अधिकार हनन भएकोमा मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको थाहा हुन आएको छ ।

      खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ निवासी जेष्ठ नागरिक टंकप्रसाद आचार्य तथा उहाँको परिवारमाथि लामो समयदेखि भएको सामाजिक वहिष्करणको घटनामा आयोगको ध्यानाकर्षण भएको हो । यससम्बन्धमा आयोगका सचिव वेद भट्टराई तथा अधिकृतहरु संलग्न उच्चस्तरीय टोलीले फागुन १४ गते अनुगमन गरेको छ ।
      नगरपालिका वडा नं. १ आचार्यटोल निवासी पीडित टंकप्रसाद आचार्यको घरमा पुगी टोलीले घटनाका सम्बन्धमा विस्तृत जानकारी लिएको छ ।
       अनुगमन पश्चात राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यलय खोटाङको तर्फबाट फागुन १५ गते प्रेस विज्ञप्ति मार्फत  घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न तथा आवश्यक सुरक्षाको प्रत्याभूति गराउन जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरी सकिएको जनाएको छ ।
       मानव अधिकार आयोग, प्रदेश नं. १ शाखा कार्यालय, खोटाङका प्रमुख श्यामवावु काफ्लेद्धारा शनिवार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ—“ जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभाव विरुद्धको एक सहभोज कार्यक्रममा सहभागी भै दलित समुदायले दिएको दही खाएको आरोपमा निज टंकप्रसाद आचार्यलाई मिति २०७५ आषाढ महिनादेखि आफन्त तथा छिमेकीहरुबाट निरन्तर सामाजिक वहिष्करण हुदै आएको आयोगको प्रारम्भिक अनुगमनबाट देखिएको छ । जातीय भेदभाव जस्तो अमानवीय र अपराधिक कार्य विरुद्धको अभियानमा संलग्न जेष्ठ नागरिक तथा अभियन्तालाई समाजले गौरवको रुपमा लिनुपर्नेमा सामाजिक वहिष्करण गर्नु अत्यन्त  निन्दनीय कार्य हो ।”
       जातीय छुवाछुत तथा भेदभाव –कसुर र सजाय) ऐन २०६८ ले पनि यस्तो कार्यलाई दण्डनीय मानेको तथ्यलाई आयोगले स्मरण गराउदै विज्ञप्तिमा भनिएको छ—“घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न तथा आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको यस कार्यालयले जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरेको छ । सामाजिक कुरिति तथा विभेद विरुद्धको पवित्र अभियानमा लागेका जेष्ठ नागरिक वा  अन्य  कुनैपनि व्यक्तिमाथि कानूनद्धारा दण्डनीय हुनसक्ने कुनै पनि कार्य नगर्न नगराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङ स्थानीय वासिन्दा तथा राजनैतिक दलहरुलाई समेत आग्रह गर्दछ ।” 
       जिल्ला समन्वय समिति खोटाङले २०७५ जेष्ठ १८ गतेका दिन खाल्लेमा आयोजना गरेको जातीय भेदभाव विरुद्धको एक सहभोज कार्यक्रममा सहभागी भै दलित समुदायले दिएको दही खाएको आरोपमा सामाजिक वहिष्करणमा परेका जेष्ठ नागरिक टंकप्रसाद आचार्यलाई आफन्त तथा छिमेकीहरुबाट त्यस पछि धार्मिक तथा सामाजिक कार्यहरुमा सहभागी गराउन छाडेका हुन् । यससम्बन्धमा पीडित टंकप्रसाद आचार्यले सरोकारवाला संस्था तथा निकायहरुमा न्यायको लागि निरन्तर सहयोग माग्दै आइरहनुभएको छ ।

 

Reporter : दिपेन्द्र खनाल

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति २०७७...

खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई...

श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन २०७७ चैत्र २७,...

मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी...

नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन २०७७ चैत्र...

प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई...

खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति २०७७...

नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न २०७७ चैत्र २२,...

अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााटन २०७७...

दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन २०७७ चैत्र २०,...

ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै २०७७ चैत्र २०, हलेसीन्युजडेस्क...

राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार २०७७ चैत्र...

विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न २०७७ चैत्र...

ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी...

क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! २०७७...

दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा...

विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन २०७७ फागुन, हलेसीन्युजडेस्क // चार...

स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि...

बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको...

सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित २०७७ फागुन २८,...