ताजा समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति || खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई || श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन || मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी || नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन || प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई || खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति || नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न || अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााट || दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन || ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै || राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार || विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न || ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता || क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! || दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा || विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन || स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि || बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको || सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित || सर्जक प्रकाश आचार्य भावुक (प्रभा)द्धारा लेखिएको शोक काव्य हजुरवा विमोचन || दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका—६ नेर्पामा दिवाखाजा कार्यक्रम उद्धघाटन || आज मार्च ८ / १११ औँ श्रमिक || श्रमिक महिला दिवसको इतिहास पल्टाउँदा || इटहरी उपमहानगरपालिकाद्धारा महिला समूहलाई नौमती वाजा प्रदान || कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप आजबाट खोटाङमा पनि शुरु || अन्ततः ओली—दाहालको हातबाट फुत्कियो नेकपा नाम || अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने || ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने ||

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए

फाल्गुन १७, २०७७, Diktelrupakotmajhuwagadi



खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
 

२०७७ फागुन १७, हलेसीनयुजडेस्क //
कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि उपचार गर्न समस्या भोगीरहेका खोटाङका चार पालिकाको करीब २३ सय विरामीले निःशुल्क उपचार पाएका छन् । जनसेवा समाज नेपाल र डि.टु.एन. फाउण्डेशन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजना र जनसेवा सामुदायिक अस्पताल जालपाले ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावावेसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना गरेको शिविरमा दुईहजार दुईसय ९३ जनाले उपचार पाएका हुन् ।

      फागुन ५ गतेदेखि फागुन १६ गतेसम्म सञ्चालन गरेको शिविरमा चारसय १३ जना दाँतका विरामी मध्ये दुईसय ३७ जनाले दाँत उखालेको, एकसय ९७ जनाले सुगर तथा ८६ जनाको पिसाव परीक्षण गरेका छन् । यस्तै, दुईसय ८६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको शिविरमा एकसय १६ जना मोतियाविन्दुको रोगी पहिचान भएको छ । तीनसय नौ जनाको स्त्रीरोग परीक्षण गरिएको छ भने ९३ जनाको पाठेघरको नमूना संकलन गरी ल्याब परीक्षणका लागि काठमाण्डौं पठाइएको सामुदायिक अस्पतालका इन्चार्ज डा. नेहा बजिमयले बताउनुभयो । ‘२५ वर्षदेखि ४० वर्षसम्मका महिलाहरुको पाठेघरको क्यान्सरको अवश्था थाहा पाउन नमूना संकलन गरिएको हो ।’ डा. बजिमयले भन्नुभयो –‘यस्ले गर्दा समयमा नै क्यान्सरबाट बच्न सहयोग पुग्नेछ ।’
      रावाबेसीको हरमटार, केपिलासगढीको बाक्सीला, ऐसेलुखर्कको ऐसेलुखर्क र दि.रु.म.न.पा.को पाथेका र जालपामा आयोजना गरिएको शिविरमा जम्मा १२ जना पाठेघर खसेका महिलाहरुमा रिङ प्रेसरी राखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धु्रब श्रेष्ठले बताउनुभयो । शिविरमा पत्थरी, गर्भवती, तल्लोपेटको समस्या भएका तीनसय १६ जनाको भिडियो एक्स–रे गरिएको एमडिजिपी डा. दिलीप साहले बताउनुभयो । यस्तै, एकसय ७७ जना वालवालिकाको चेकजाँच गरिएको छ । 
      शिविरमा सबै विरामीहरुलाई निःशुल्करुपमा औषधी वितरण गरिएको छ । नौ दिनसम्म चलेको शिविरमा संलग्न क्लिनिकल फार्मासिस्ट अनिल कुमार विश्वकर्माका अनुसार नौलाख रुपैया भन्दा बढीको औषधी निःशुल्करुपमा विरामीहरुलाई वितरण गरिएको छ । ६० वर्ष भन्दा माथिका आँखाका विरामीलाई चस्मा आवश्यक परे सो चस्माको रकम सम्बन्धित पालिकाले उपलब्ध गराउने घोषणा पालिका प्रमुखहरुले गरेका छन् । 
      कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि उपचार गर्न समस्या भोगीरहेका विरामीहरुले घरदैलो मै सेवा पाएपछि खुसी व्यक्त गरेका छन् । ‘दाँतले निक्कै समस्या गराएको थियो, उखाल्नका लागि कतै जान सकिरहेको थिइन ।’ ऐसेलुखर्क गाउँपालिकाका पुर्णमाया राईले भन्नुभयो –‘शिविरमा आएपछि मैले दाँत फुकालें, ज्यानै हलुका भयो,।’

 

Reporter : दिपेन्द्र खनाल

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति २०७७...

खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई...

श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन २०७७ चैत्र २७,...

मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी...

नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन २०७७ चैत्र...

प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई...

खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति २०७७...

नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न २०७७ चैत्र २२,...

अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााटन २०७७...

दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन २०७७ चैत्र २०,...

ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै २०७७ चैत्र २०, हलेसीन्युजडेस्क...

राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार २०७७ चैत्र...

विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न २०७७ चैत्र...

ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी...

क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! २०७७...

दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा...

विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन २०७७ फागुन, हलेसीन्युजडेस्क // चार...

स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि...

बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको...

सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित २०७७ फागुन २८,...