सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

दिपेन्द्र खनाल

फाल्गुन ३०, २०७९, Kathmandu,Nepal

Image

रावासावा प्राज्ञिक समाजको नयाँ नेतृत्व चयनसँगै साधारण सभा सम्पन्न / चार श्रष्टा सर्जक सम्मानित

 

हलेसीन्युज डेस्क, खोटाङ/
काठमाण्डौँस्थित खोटाङे स्रष्टा/सर्जकहरुको साझा संस्था रावासावा प्राज्ञिक समाज नेपालको ११ औँ साधारण सभा सम्पन्न भएको छ । स्रष्टा वम वानियाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै समाजको साधारण सभा सम्पन्न भएको हो ।
वागवजार काठमाण्डौमा गत सोमवार निवर्तमान अध्यक्ष प्राज्ञ टीका चाम्लिङको अध्यक्षता तथा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट वम वानिया अध्यक्ष, सुरेश हाचेकाली वरिष्ठ उपाध्यक्ष, चन्द्र रानाहोछा उपाध्यक्ष, भरत लिमेल मगर महासचिव, श्रीराम राई सचिव र यम वास्तोला कोषाध्यमा चयन हुनुभएको छ । त्यस्तै वरिष्ठ गीतकार वीरेन्द्र राई, अम्विका राई, महेशकुमार पुरी, कन्क्राइष्ट राई, रश्मी राई, डि अनुरागी, सोनाम सज्जन किराती र नेचुल्ली दीपक सदस्यमा निर्वाचित हुनुभएको छ ।


कार्यक्रममा रावासावा प्राज्ञिक समाजद्धारा चार श्रष्टाहरु सम्मानित हुनुभएको छ  । सम्मानित हुनेहरुमा खोटाङ कुभिण्डे पैतृक थलो रहेका वरिष्ठ कवि तथा  साहित्यकार प्रल्हाद पोखरेल र हाल वेलायतमा रहेर नेपाली साहित्यमा योगदान दिदै आउनुभएका कवि देवेन्द्र खेरेस हुनुहुन्छ । उहाँहरु रावासावा प्राज्ञिक सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । त्यसैगरी साहित्यकार प्राज्ञ पञ्चकुमारी परियार र खुक्सुङ खम्वुलाई रावासावा कमलाभक्त साहित्य पुरस्कार २०७९ प्रदान गरिएको छ । समाजले उहाँहरुलार्ई जनही रु वीसहजार नगद तथा सम्मानपत्र  प्रदान गरेको छ । 
सो कार्यक्रममा रावासावा प्राज्ञिक समाज नेपालद्धारा प्रकाशित एवं वरिष्ठ साहित्यकार नगेन्द्रराज रेग्मीद्धारा सम्पादित खोटाङ साहित्यकार कोश लोकार्पण गरिएको छ । यो कोशको प्राज्ञ  टीका चाम्लिङ संरक्षक तथा प्राज्ञ चन्द्र रानाहोँछा प्रकाशक व्यवस्थापक रहनुभएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, वरिष्ठ अधिबक्ता देवराज कटुवाल, समाजका संस्थापक  अध्यक्ष डा. विष्णु राई, डा. सुकराज राई (चमा थुलुङ), प्राज्ञ शान्तिराम राई, जगतप्रसाद घिमिरे, पुरस्कारदाताहरु भक्त राजभण्डारी र कमला राजभण्डारीको उपस्थिति रहेको थियो ।
 

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes