बैशाख २९, २०८०, HalesiTuwachung
-----------सोनाम सज्जन किराँती
यो शब्द भन्न सजिलो छ,
उच्चारण त अझ गज्जबले हुन्छ,
बनेको छ दुई अक्षरले कोरिएर,
तर त्यति सजिलै आए जस्तो,
बने जस्तो लाग्दैन ।
यो शब्द खुला हावा
खुला आकाश
खुला माटो, पानी, ढुङ्गा, पहाड,
हिमाल, बाटो देखेर बने जस्तो लाग्छ ।
शायद, स्पार्टाकसको जमानाले छामेको
मुल चेतनाको वीउ
यहीँ शब्दसँग सम्बन्धित छ ।
त्यसपछि हो उन्मुक्त,
समाजको विजारोपण भएको ।
जो खाली हात मानिसहरु
दास दासी भएर जिउथे ,
तिनका आदेश पिएर
दिनभर मालिकको काममा खटिन्थे ।
र, साँझ रित्तै फर्कन्थे
एक गाँसको आशा पालेर ।
सुत्ने बेला भाग्छन भनेर,
श्रमिकका खुट्टामा नेल झुण्ड्याईन्थ्यो ।
हातहरुमा पासो लगाएर,
मुक्तिलाई बन्धक बनाईन्थ्यो ।
यस्तो जमानामा बिद्रोह
स्पार्टाकसले गरे जीत रोपेर ।
त्यहीँ बेला हो,
मुक्तिको सबभन्दा ठूलो ध्वनि गुन्जिएको क्षण,
उन्मुक्तिको पहिलो किरण झुल्केको बिहान,
शायद निभ्न सकेको छैन
यो अजम्बरी उज्यालो
संसारलाई हिडाईरहेछ ।
तर मुक्ति किसिम, किसिमका छन
मुख्यतः दुई मुक्ति बुझ्न जरुरी छ ।
एक भौतिकवादमा आधारित,
अर्को अध्यात्मिक छ ।
स्पार्टाकसले चाहेको भौतिक हुन् ,
कार्लमाक्र्सको साम्यवाद
यसैमा निर्भर छ ।
मृत्यु पछिको मुक्ति देखाएर
शोषण गर्ने समाज
स्पार्टकस बिरुद्ध छन्
र आलौकिक भरोसा किनेर
अमुक दलन बेच्ने शक्ति अध्यात्मिक हुन् ।
जीवन के हो नर्क भन्नेहरु
मानिसलाई दास हुन सिकाउछन ।
र, आफू मात्र राजा वा
सिंहासनका दावेदार
भगवानको रुपमा चिनाउछन ।
उनैले हो झ्याउकिरीका गीत
मनपराउने र रोदनमा रम्ने ।
महाराज ! यहाँ कोही महाराज हुदैन
तिमी रैती बराबर छौ,
तिमी प्रजा नै हौ ।
तौलिएर जोखिने भए म एक नागरिक
त्यो तराजुमा जोखिन तयार छु
तिमी नहुदा पनि यो दुनिया चल्छ ।
तिम्रै कर्तुतहरु उखेल्न
अब भौतिक मुक्तिको यात्रा फैलिसकेको छ ।
तिमी कुनै महात्मा नभएर
त्यो यात्रा बिश्राममा पर्ने छैन ।
महाराज !
तिमी त्यही स्वतन्त्रताको बिरुद्ध उभिएको
बिरामी चोर स्याल सावित हुँदै छौ त ।
हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...
२०८० अशोज
असोज महिनामा काम गर्दा आकस्मिक समस्या आइलागे पनि मित्रहरूबाट सहयोग जुट्नेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । महिनाको उत्तरार्धबाट योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।
२०८० भाद्र
वृष राशिको लागि भाद्र महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
असोज महिना मिथुन राशिका लागि मिश्रित रहने देखिन्छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अनावश्यक घुमफिर नगरेकै जाती हुनेछ । महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । २० गतेबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि लाभ हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
२०८० अशोज
कर्कट राशिका जातकका लागि अशोज महिनाको सुरुका दिनमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिनाको मध्यमा स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
२०८० अशोज
असोज महिनामा सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि हुनेछ । पढाई लेखाईमा राम्रो नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ , तर आनवास्यक हिँडडुल नगरेकै जाती हुनेछ साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
२०८० अशोज
असोज महिनामा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा तपाईंको राशिबाट बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
२०८० अशोज
अशोज महिना राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ती हात पर्नसक्छ । २० गतेबाट राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा धनु राशिका लागि समग्रमा सकारात्मक महिना नै रहेको छ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा मकर राशिका जातकहरूले नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पु¥याउनुहोला । आफ्नो कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानि हुनेछ । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
२०८० अशोज
असोज महिनामा सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै राजनैतिक र सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । घर ,जग्गाबाट लाभ मिल्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।