सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

राजकुमार सरगम

जेठ २३, २०८०, Rawabesi Rum

Image

रावाबेसी गाउँपालिकाले दिन थाल्यो मासिक १ हजार विधुर भत्ता


हलेसीन्युजडेस्क,खोटाङ /

खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो ।  

क्याप्सन - विधुर भत्ताको चेक हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ लगायत 

स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गते देखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ । साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख गिरिराज रानाले जानकारी दिनुभयो । 

६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन् । उनिहरुलाई सोमबार गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडाध्यक्षहरु गेहेन्द्रमान राई, डोलराज बस्नेत र चिरञ्जीवी कार्कीले संयुक्त रुपमा भत्ताको चेक हस्तान्तरण गर्नुभएको छ ।   

रावा बेसी गाउँपालिकाको विधुर भत्ता कार्यविधि २०७९ अनुसार श्रीमतीको मृत्यु पश्चात बिबाह नगरी बसेका ४५ वर्ष माथिका पुरुषहरुले मासिक १ हजार भत्ता पाउने छन् । विधुर भत्ताका लागि नेपाल सरकारको सेवा सुविधा नलिएको, गैर सरकारी निकायबाट तलब, पेन्सन तथा निवृत्त भरण वा सामाजिक सुरक्षा भत्ता नलिएको हुनुपर्ने छ । 

लाभग्राहीको खातामा ३/३ महिनामा भत्ता रकम जम्मा हुनेछ । गाउँपालिकाको वडा नम्बर १,४,५ र ६ का लाभग्राहीलाई राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय रावा बेसीबाट र वडा नम्बर २ र ३ का लाभग्राहीलाई प्रभु बैक शाखा कार्यालय लामिडाँडाबाट वितरण गर्ने व्यवस्था मिलाइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

हलेसीन्युजडेस्क,खोटाङ आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन...

अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल...

हलेसीन्युजडेस्क, खोटाङ आज चैत्र शुक्ल नवमी अर्थात राम नवमी । चैत्र...

Horoscopes Icon

All Horoscopes