ताजा समाचार
दिप्रुङ गाउपालिकाले मासिक १ हजारका दरले पोषण भत्ता वितरण गर्दै, || खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान, || ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन सेवा ठप्प, स्थानिय सेवाग्राही बन्दै || दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीहरुको सञ्जाल गठन, || त्रिधार्मिक स्थल हलेसी गुफाको थप संरक्षण गर्ने तयारी, || खोटाङको दुइ स्थानिय तहका १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, || खोटेहाङमा जडिबुटीे परिचयात्मक कार्यक्रम सम्पन्न, || पत्रकार दमन राईले पाएको खेलकुद पुरस्कार ,राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग || खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषद्धारा अग्नि पिडितलाई आर्थिक सहयोग प्रदान, || दिक्तेलमा १० बेडको‘होल्डिङ’ सेन्टर बनाइयो, || खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण, १० जनामा कारोना पुष्टि, || सोलुखुम्बु :रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे । || उदयपुर वोक्सेका एक वद्ध दुइहप्तादेखि वेपत्ता , परिवार चिन्तित, || सोलुखुम्बु:ढोका छोएको निहूँमा कुटपिट गर्नेलाई पक्राउ गर्न दलित अगुवाको माग || दिक्तेलको थप एक महिलामा कोरोना पुष्टि, संक्रमित रहेको क्षेत्र शिल, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || खोटाङमा थप ४ जनामा कोरोना संक्रमण देखियो, || खोटाङमा पनि देखियो सलह किरा, यसको नियन्त्रण कसरी गर्ने त || अर्खौलेमा महिला लक्षित कम्प्युटर सम्बन्धी तालिम सञ्चालन, || वडाद्धारा दोर्पामा ४ लाख बराबरको खाद्यान्न राहत वितरण, || ७७ जिल्लामा नै फैलियो कोरोना, कुल संक्रमितको संख्या १२ हजार || खोटाङका एक व्यक्ति रेडजोनमा, || कष्टसाध्य क्वारेन्टाइनमा राखेको भन्दै खोटेहाङ कांग्रसले ध्यानाकर्षण गरायो || विपद जोखिम न्युनिकरणका लागि खोटाङमा सुरक्षा सचेतना अभियान सुरु, || खोटाङ : नेपाली कांग्रेस वडा नं.१५ ले वडाध्यक्ष समक्ष बुझायो || सुर्केडाँडा आधारभूत विध्यालय वाम्राङमा पहिलोपटक पक्की भवन बन्दै || दिप्रुङचुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७,०७८ को सातौ गाउँसभामा निति तथा || दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाको आर्थिक वर्षको बजेट तथा कार्यक्रम आज सार्वजनिकिकरण, || खोटाङ : स्व. सर्वधन राई स्मृति प्रतिष्ठान खोटाङको नाममा ११ || खोटेहाङ गाउँपालिकामा २६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ || खोटाङ:रोपाइँ हुँदैछ धमाधम खोटाङमा , अरु जिल्लामा के हुँदै छ || मानेभज्याङमा ट्याक्टर दुर्घटना, चालकको घटना स्थलमै मृतु, || वुइपास्थित सार्केटारमा ‘चम्पावती फुड्सफरेस्ट रिसोर्ट’ निर्माण सुरु, || सुत्केरी महिलाको हेलीकोप्टरमार्फत उद्धार, || वैदेशिक रोजगारलाई उपलब्धिमुलक बनाउन अन्तरक्रिया कार्यक्रम, || खोटाङ फुटबल एकेडेमी स्थापना भएको ४ वर्ष पुरा, || ६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रअविरुद्ध मुद्दा दायर || खोटाङ: केपिलासगढी र दिक्तेल रुपाकोट जोड्ने मोटरेवल पुल शिलान्यास, || नेपाली कांग्रेस खोटाङद्धारा १ हजार १ सय परिवार लकडाउन पीडितलाई ||

मुलुक निर्वाचनमय

बैशाख २०, २०७४, Khotang



काठमाडौं— लामो अन्योलका बीच आगामी वैशााख ३१ गते पहिलो चरणअन्तर्गत हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण तरिकाले सम्पन्न भएको छ।

पहिलो चरणअन्तर्गतको निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि आठ बजेसम्म उम्मेदवारको मनोनयन भव्यरुपमा सम्पन्न भएको हो। मनोनयन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तोकिए पनि सो समयभित्रै लाइनमा बसेका उम्मेदवारको केही ठाउँमा ७ बजेसम्म मनोनयन दर्ता भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । बिहान १० बजेसम्म मनोनयन सुरु भए पनि कतिपय ठाउँमा राजनीतिक दलले उम्मेदवार टुंग्याउन ढिला गरेका कारण मनोनयन ढिलासम्म चलेको हो।

 

स्थानीय तहमा मंगलबार मनोनयन पत्र दर्ता गराएका उम्मेदवारउपर कुनै उजुरी भएको अवस्थामा सर्वसाधारणले उजुरी गर्न समेत पाउनेछन् । त्यसका लागि बुधबार बिहान १ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

१२ दिनपछि हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलतर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले देशभरका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबारै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशनसमेत गरिसकेका छन्।

निर्वाचन आयुक्त इला शर्माले पहिलो चरणअन्तर्गत निर्वाचन हुने २ सय ८३ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहपूर्ण ढंगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएको बताइन्। ‘निर्वाचनको मिति घोषणा भएदेखि नै निर्वाचन हुनेमा हामी ढुक्क थियौं तर आज मनोनयन दर्ताले सर्वसाधारणलाई ढुक्क बनाएको छ, उत्साह थपेको छ।’ आयोगका अनुसार मनोनयन दर्ताका क्रममा कुनै पनि ठाउँमा अवरोध भएको छैन। आयुक्त शर्माले उम्मेदवारी दर्ताले मुलुकलाई नै निर्वाचनमय बनाएको बताइन्।

स्थानीय तहमा मंगलबार मनोनयन पत्र दर्ता गराएका उम्मेदवारउपर कुनै उजुरी भएको अवस्थामा सर्वसाधारणले उजुरी गर्न समेत पाउनेछन् । त्यसका लागि बुधबार बिहान १ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । सोही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र जाँच गर्नेछ । बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

सोही दिन दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन समेत सक्नेछन् । शुक्रबार बिहान १० बजेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। सोही दिन निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । त्यसपछि उम्मेदवारले चुनावी प्रचारप्रसारलगायतका कार्यक्रम अघि बढाउनेछन्।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारले वैशाख ३० गते बिहान ७ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । ‘मतदान हुनु २४ घन्टाअगाडि मौन अवधि सुरु हुने भएकाले त्यस अवधिमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्,’ आयुक्त दाहालले भने, ‘अब उम्मेदवारले सभ्य र शिष्ट ढंगले वैशाख ३० गते बिहान ७ बजेसम्म आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउनेछन्।’ मतदानको दिन वैशाख ३१ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदाता सम्बन्धित मतदान केन्द्रमा पुगेर भोट खसाल्नेछन्।

मतदानका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र अनिवार्य गरेको छ । मतदाता परिचयपत्र छपाइको काम सकिएको र जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ।

सरकारले फागुन ९ गते देशैभर एकैचरणमा स्थानीय तह निर्वाचनको घोषणा गरे पनि वैशाख ११ गते सरकारले ३ वटा प्रदेशमा पहिलो चरण र ४ वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गराउने निर्णय गरेको थियो । यसअनुसार वैशाख ३१ गते पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन हुँदैछ । पहिलो चरणमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ गरी ४ महानगरपालिका, हेटौंंडा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार कुल २ हजार ५ सय ९८ वडाका लागि त्यति नै वडाध्यक्ष र चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ । आयोगका अनुसार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्नेछन् । पहिलो चरणको निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ।

नागरिक दैनिकबाट साभार 

Reporter : हलेसी एफएम
Comment Box

रमन वन असार २२ खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले शिशु...

रमन वन असार २२ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २२ खोटाङ,खोटाङको ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन ...

रमन वन असार २० -खोटाङ,खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाबाट रोजगारीका लागि...

रमन वन असार २० खोटाङ,विश्वप्रशिद्ध त्रिधार्मिक स्थलको रुपमा परिचित हलेसी...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउपालिकामा ९ जनाको...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा स्थानिय...

रमन वन असार २० खोटाङ, खोटाङका पत्रकार दमन राईले पुरस्कार...

रमन वन, असार २० खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाका एक अग्नि पिडितलाई...

सुनिल विष्ट असार २० खोटाङ,खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट...

रमन वन,असार १८ खोटाङ-खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको...

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु, नेपाल रेड क्रस सोसाईटी...

रमन वन असार १७ खोटाङ,उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं....

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु- सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले...

हलेसी एफ एम रमन वन असार १६ खोटाङ,खोटाङको दिक्तेल रुपाकोट...

रमन वन -असार १५ हलेसी एफ एम- खोटाङ, आज राष्ट्रिय...

रमन वन असार १५ हलेसी एफ एम खोटाङ, आज राष्ट्रिय...

रमन वन हलेसी एफ एम असार १४ खोटाङ, खोटाङमा चार...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। भारतबाट तराई...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ।खोटाङको अर्खौलेमा महिलाहरुका...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। खोटाङको दिक्तेल...

रमन वन असार १३ हलेसी एफ एम, पछिल्लो २४ घण्टामा...

रमन वन हलेसी एफ एम ,असार १३ खोटाङ, स्वास्थ्य तथा...

रमन वन हलेसी एफ एम असार १२ खोटाङ, देशका सबै...

रमन वन हलेसी एफ एम असार १२ खोटाङ,“शान्तिपुर्ण एवं सुरक्षित...

रमन वन असार १२ खोटाङ,नेपाली कांग्रेस वडा कार्य समिति विजयखर्कले...

रमन वन, आषाढ ११,खोटाङ,दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं.३ वाम्राङस्थित...

रमन वन असार १० खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष...

रमन वन असार १० खोटाङ, स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक...

रमन वन असार १०- खोटाङ, २००७ सालको जनक्रन्ति एवं त्यस...

रमन वन असार १० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाका २६ जनाको...

रमन वन असार ९ खोटाङ,खोटाङमा धमाधम रोपाइँ भईरहेको छ ।...

रमन वन असार ९ खोटाङ,ओखलढुङमा मानेभज्याङ गाउँपालिका ६ देउरालीमा ट्याक्टर...

रमन वन असार ९ खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका...

रमन वन असार ९ खोटाङ, खोटाङकी एक सुत्केरी महिलालाई हेलीकोप्टरमार्फत...

रमन वन असार ९ खोटाङ, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र...

रमन वन असार ८ खोटाङ। खोटाङ फुटबल एकेडेमी स्थापना भएको...

Raman ban-७ असार,खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक...

रमन वन असार ७ खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका र दिक्तेल...

रमन वन असार ७ खोटाङ, नेपाली कांग्रेस खोटाङले काठ्माण्डौंको विभिन्न...