ताजा समाचार
नमूनाको रुपमा सडक स्तरोन्नतिका लागि वडावासी जुट्दै || दिप्रुङका स्थानियहरुलाई अम्लिसोको विरुवा वितरण, || जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख ९ लाख बढी || खोटाङमा दुर्लभ रातो माछा निकालिरहेका दुई जना पक्राउ, || साकेला गाउपालिकाका ४ युवाद्धारा ड्रागन फ्रुटको खेती सुरु, || एकल महिला तथा आमा समुहलाई बाखा् वितरण, || वन्यजन्तुपीडित १६ जना किसानले पाए आर्थिक राहत || गाईघाट बजार डुबान , स्थानीयमा छायो त्रास, || दलित संघर्ष समितिको दिक्तेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न , || देम्बा डांडामा मुक्ति मण्डल गुम्बा चैत्य निर्माण हुदै, || खोटाङमा विध्युत अवरुद्ध, सेवाग्राहीहरुको काम प्रभावित, || लिफ्टिङ प्रविधिको प्रयोगबाट भण्डारेघाटमा आइपुग्यो सुनकोशीको पानी, || दिप्लुङ निगालबासमा भयो पहिलोपटक केन्द्रिय विद्युत उद्घाटन, स्थानिय भए हर्षित, || बाकाचोलमा स्थानियसँग समन्वय नगरी आयोजना सञ्चालन गर्न खोज्दा स्थानियहरु उत्रिए || खोलामा बाढी आउदा उदयपुरको मैङ्खुमा धानबालीमा पुग्यो क्षेति, || नेपाली कांग्रेसको प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला तदर्थ १७ सदस्य समिति || देम्बाडाँडा पुग्ने पदमार्ग निर्माण कार्य सम्पन्न || दिप्रुङ चुइचुम्मा गाउपालिकामा प्रत्येक विद्यालयको कार्य तालिका निर्माण गर्ने तयारी, || केपिलासगढी गाउपालिकाले विपन्न,ज्येष्ठ नागरिक र दलितलाई कम्बलसँगै आर्थिक सहयोग प्रदान || लिखु गाउँपालिकाका एक युवक कोरोनामुक्त, जिल्लामा संक्रमितको संख्या ४ पुग्यो, || पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परे || याम्खामा बाँदरको आतंकबाट किसानहरु हैरान, ७ घर विस्तापित, || उदयपुरमा जंगली हात्तिको आतंक, || सोलुखुम्बु :ढोका छोएको निहुँमा दलित बालक कुटपिट गरेको कसुरमा दुई || दिप्रुङ गाउपालिकाले मासिक १ हजारका दरले पोषण भत्ता वितरण गर्दै, || खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान, || ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन सेवा ठप्प, स्थानिय सेवाग्राही बन्दै || दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीहरुको सञ्जाल गठन, || त्रिधार्मिक स्थल हलेसी गुफाको थप संरक्षण गर्ने तयारी, || खोटाङको दुइ स्थानिय तहका १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, || खोटेहाङमा जडिबुटीे परिचयात्मक कार्यक्रम सम्पन्न, || पत्रकार दमन राईले पाएको खेलकुद पुरस्कार ,राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग || खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषद्धारा अग्नि पिडितलाई आर्थिक सहयोग प्रदान, || दिक्तेलमा १० बेडको‘होल्डिङ’ सेन्टर बनाइयो, || खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण, १० जनामा कारोना पुष्टि, || सोलुखुम्बु :रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे । || उदयपुर वोक्सेका एक वद्ध दुइहप्तादेखि वेपत्ता , परिवार चिन्तित, || सोलुखुम्बु:ढोका छोएको निहूँमा कुटपिट गर्नेलाई पक्राउ गर्न दलित अगुवाको माग || दिक्तेलको थप एक महिलामा कोरोना पुष्टि, संक्रमित रहेको क्षेत्र शिल, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, ||

पुर्वीय संकृतिमा भानुमति ।

माघ १३, २०७३, Khotang



खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्ने दिप्लुङ गा.वि.स. वडा न.४ मा ठुलो पानीको मुहान र मन्दिर समेत अवस्थीत छ । सिधै दक्षिण वाट उत्तर तर्फ यसको वहाव रहेको छ । नेपालमा रहेका वागमति विष्णुमति र भानुमति तीन दिदिवहिनी हुन  भन्ने हिन्दुहरुको मान्यता रहेकोछ । अधिकांश नदिनालाहरु उत्तरवाट पश्चिम र दक्षिण तर्फ वग्छन । तर यस्ता विरलै नदि खोलाहरु छन् जो दक्षिणवाट सिधै उत्तरतर्फ वग्दछन् । पुर्ववाट र उत्तरवाट धेरै नदिनाला र झरनाहरु दक्षिण पश्चिमतर्फ वग्दछन् । त्यसैकारण यसलाई शास्त्रहरुमा उत्तरगंगाको नामले परिचित छ । यो नदीको नाम विभिन्न पुराण तथा धार्मिक कथाहरुमा पनि समावेश भएको पाईन्छ । तर भौगोलिक अवस्थिती र प्रचार प्रसारको अभाव लगायत विभिन्न कारणले  यसको जती धार्मिक महत्व हुन पर्दथ्यो त्यति हुन सकेको छैन ।

    नेपालका हिन्दुधर्मालम्विहरु भारतको काँशी गयाजीमा पितृमोक्षको निमित्त हजारौ,रकम खर्चिएर जान्छन् । तर आफ्नै देशमा रहेको उत्तरगंगा उपेक्षित छ । पौष महिनामा पर्ने पौखे औशिमा पितृतर्पण दिन धरानको विष्णुपादुका र काशी गयाजी भन्दा बढि महत्व भएको उत्तरगंगा त्यसै हराईरहेको छ । यसको मुहानको आसपास पुर्वपट्टि त्यतिकै महत्व राख्ने किरातहरुको आस्थाको धरोहर जन्तेढुङगा छ भने पश्चिम पट्टि वराहापोखरी प्रकृतिक मनोरम वोकेर वसिरहेको छ । तल सावाखोला संगम स्थल सम्मनै यसलाई भानुमतिकै नामले परिचित रहेको उक्त गंगा चिसापानी र दिप्लुङ गा.वि.स.सीमाना पनि छुट्याएकोछ । संगम स्थल सावाखोला पारिपट्टि खोटाङवजार गा.वि.स पर्दछ । जहाँ खुटेश्वर महादेवको जिर्ण मन्दिर रहेको छ । यस मन्दिरलाई कसैलेपनि संरक्षण गर्ने तर्फ ध्यान दिन सकिरहेको छैन । यसको संगम स्थल रहेको स्थानमा हिन्दु धर्मालम्विहरुको सव दाहासंस्कार गर्ने गरिन्छ । जसको चिसापानी तर्फको किनारमा एक तपस्वीले पछिल्लो समयमा शिवलिङ्ग स्थापना गरि मन्दिर निर्माण गरेकाछन् । उक्त मन्दिर स्थापना गर्ने तपस्वी अफ्नो तप ध्यानका वलले सो स्थापनावाट दुई घण्टामा हलेसी महादेविस्थान पुगेको अझैपनि वृद्धहरु वताउँछन् । 
  भानुमति संगम स्थल सावाखोला किनारमा मकर स्नान गर्न आउने गर्दथे र सो समयमा पौष १५ देखि माघ १५ सम्म एक महिना माघे मेला लग्ने गर्दथियो । तर जुवा तास डाईस खेलाउने विकृतिले धेरैको घरवार वनवास भएकाले उक्त मेला वन्द भएको पनि धेरै वर्ष भएको छैन । जस्ले गर्दा सो स्थानमा मेला लगाउने वारे त्यसपछि कसैले पनि सोच्न सकेको छैन । अझै पनि पौखे औँसीको तिथिमा र माघेसङ्क्रान्तिको दिन मकर स्नानको अवसरमा यहाँ धार्मिक मेला लगाउन सकिन्छ । जस्को निमित्त सहज यातायात पहुँच र आवश्यक शान्ति सुरक्षा सहित प्रचार प्रसार गर्न आवश्यक देखिन्छ । 

यो उत्तरगंगाको इतिहाँस हलेसीसंग पनि जोडिएको किंवदन्ति भएकाले यसको पनि उत्तिकै महत्व रहेको छ । स्वस्थानी कथामा उल्लेख भए अनुसार यो स्थलमा सतीदेविको अंग पतन भएको कथा पनि छ । हिन्दु धर्मशास्त्र अनुसार खुटेश्वरको मन्दिर भएको स्थानमा भष्मासुरले एक खुट्टाले घनघोर वर्षौसम्म तपस्या गरेका थिए । उक्त तपस्या गर्दा भानुमति नदीमा गएर स्नान गर्दथे । त्यसरी कठोर तपस्या गरेको थाहापाई महादेव आएर तपस्यादेखि खुसि भएको र वर माग्न भन्दा भष्मासुरले आफ्नो हात जस्को शिरमा राख्छु त्यो खरानी होस भन्ने वर माग्यो ।महादेवले तथास्तु भनि वर दिए ।  तर जाली भष्मासुरले महादेवकै टाउकोमा हात राख्न मागे पछि महादेव भाग्दै छक्याउदै हाल सावाखोला बगेतर्फ लाग्नुभयो ।

पहाडमा घरी यता घरी उता गर्दै हालको फोक्सीङ्टारमा ठुलो चौतारा थियो, त्यहिँ थकाई मार्दै हुनुहुन्थ्यो भस्मासुर पछि–पछि  पच्छ्याईरहेको रहेछ त्यहाँबाट कैलासतर्फको यात्रामा महादेव लाग्नुभयो । उता पार्वतीले महादेव संकटमा परेको भष्मासुरबाट डढ्ने आशँकाले आफ्नो केशबाट पानी उत्पत्ति गराई उहाँ आईरहेको तर्फ बगाईदीनुभयो त्यो थियो दुधकोशी । त्यसैगरी कैलास पर्वतमा रहेका सहयोगीले पनि सो संकट परेको थाहा पाएर पानी पठाईदीने निधो गरे ती नदी हुन सुनकोशी । तर भष्मासुर अग्नी थिएनन् त्यसैले उसलाई पानीले कुनै रोकावट गरेन । हालको राईघाट आसपास आएपछि महादेवले पार्वती हालको दुधकुण्डमा भएको थाहा पाउँनुभयो र त्यसैतर्फ लाग्नुभयो तर शक्ति प्राप्त गरेको भष्मासुरले महादेवलाई अगाडी नै गएर बाटो छेकीरहेको रहेछन् । सो थाहा पाएर देविखोलाको बाटो भएर महादेव हलेसीतर्फ लाग्नुभयो । र विष्णुसमेतले थाहा पाई भष्मासुरलाई छल गरि विष्णुले टाउकोमा हात राख्न लगाएपछि भष्मासुरको अन्त्य त्यहीँ हलेसीमा भएको हुँदा उसको हड्डीको रुपमा त्यहाँका ढुङ्गा यत्रतत्र रहेका छन् ।

यता हलेसी पुगेका महादेवलाई  भष्मासुरले नछाडेको आसंकामा महादेव वसाहाथानवाट छिरेर मथि निस्कीएर हाल शिवलिङ भएको ठाउँमा पसेको र लुकेको भन्ने किम्वदन्ती छ । भने त्यहाँबाट महादेव र पार्वती देवीरुप लिई ओसीलो ठाँउ हालको मझुवागढी आसपास रहनुभयो । हाल त्यसलाई कालीका देवी र बुढेश्वर महादेवकोरुपमा पुजाआजा गरिन्छ । सत्ययूगको महादेव पार्वतीको यो नै अन्तिम लिला भएको मानिन्छ । तर भानुमति भने हालसम्म पनि प्रचार अभाव र भौगोलिक विकटताका कारण गुमनाम अवस्थामा रहेको छ । तसर्थ भानुमति जन्तेढुङगा र वराहापोखरी एकै प्याकेजमा धार्मीक पर्यटन क्षेत्र घोषणा गरि पूर्वाधार विकास र प्रचार–प्रशारसंगै गर्न आवश्यक देखिन्छ । 

                                                                                                                                          लेखक 
                                                                                                                               खेमबहादुर खड्का 
                                                                                                                          चिसापानी –४, खोटाङ

Reporter : हलेसी एफएम
Comment Box

रमन वन असार ३१ खोटाङ,मौसमको प्रतिकूलतावीच पनि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका...

रमन वन असार ३१ खेटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले स्थानियहरुलाई...

रमन वन ,असार ३० खोटाङ, खोटाङ दिक्तेलका जलश्रोत तथा सिँचाइ...

रमन वन असार २८ खोटाङ ,खोटाङको धार्मिक तथा पर्यटकीय स्थल...

रमन वन असार २८ खोटाङ-खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले...

रमन वन असार २७ खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकल महिला...

रमन वन असार २७ ओखलढुङ्गा, ओखलढुंगाका वन्यजन्तुपीडित १६ जना किसानले...

रमन वन असार २७ उदयपुर, बर्खामास सुरु भएसँगै लगतारको पानीले...

रमन वन असार २७ खोटाङ,खोटाङको दिक्तेल बजारमा दलित संघर्ष समितिले...

दावा जाङ्बु शेर्पा असार २७ खिजीदेम्बा-सय पर्यटकीय गन्तव्य सूचिमा परेको...

रमन वन असार २७ खोटाङ, खोटाङमा विध्युत अवरुद्ध भएको छ...

रमन वन असार- २६ खोटाङ-सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट बतासेको भण्डारेघाटको...

जिवन चाम्लिङ राई असार २६ खोटाङ, खोटाङको जन्तेढुंगा गाउपालिकास्थित...

रमन वन असार २६ खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बादेलस्थित बिस्काम खोलाको...

रमन वन -असार २५ खोटाङ, मनसुन सक्रियभएसँगै दिन रात...

जिबन चाम्लिङ राई असार २५ खोटाङ,खोटाङमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था...

दावा जाङ्बु शेर्पा- असार २३-ओखलढुङ्गा -खिजीदेम्बा नेपाल सरकाले घोषणा...

रमन वन असार २३ खोटाङ, खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकाले शिक्षा क्षेत्रलाई...

रमन वन हलेसी एफ एम असार २३ खोटाङ, खोटाङको केपिलासगढी...

रमन वन असार २३ ओखलढुंगा, ओखलढुंगाको लिखु गाउँपालिकाका एक...

रमन वन असार २३ उदयपुर,नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व...

रमन वन असार २३ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २३ उदयपुर, उदयपुरमा जंगली हात्तिको आतंक बढेको...

सुबास दर्नाल, असार २२-सोलुखुम्बु - छुवाछुत कसुरमा सोलुदुधकुण्ड नगरपालिका ९...

रमन वन असार २२ खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले शिशु...

रमन वन असार २२ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २२ खोटाङ,खोटाङको ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन ...

रमन वन असार २० -खोटाङ,खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाबाट रोजगारीका लागि...

रमन वन असार २० खोटाङ,विश्वप्रशिद्ध त्रिधार्मिक स्थलको रुपमा परिचित हलेसी...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउपालिकामा ९ जनाको...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा स्थानिय...

रमन वन असार २० खोटाङ, खोटाङका पत्रकार दमन राईले पुरस्कार...

रमन वन, असार २० खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाका एक अग्नि पिडितलाई...

सुनिल विष्ट असार २० खोटाङ,खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट...

रमन वन,असार १८ खोटाङ-खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको...

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु, नेपाल रेड क्रस सोसाईटी...

रमन वन असार १७ खोटाङ,उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं....

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु- सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले...

हलेसी एफ एम रमन वन असार १६ खोटाङ,खोटाङको दिक्तेल रुपाकोट...

रमन वन -असार १५ हलेसी एफ एम- खोटाङ, आज राष्ट्रिय...