ताजा समाचार
खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए || कांग्रेसका वरिष्ठ नेता पौडेलद्धारा बुल्दीखोलाको मोटरेवल पुल आज उद्घाटन || कोविड १९का कारण जुम्ला प्रशासन कार्यालय सिल || कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सबै रिहा/ नेता पौडेललाई || साकेला वडा नं.४ मात्तिममा मंसिर १८ बाट विध्यालय संचालन || त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिर आजबाट भक्तजनहरुका लागि प्रवेश खुला || खोटाङमा आजै तीन पालिकाहरुमा १५ शैय्या र एक पालिकामा १० || जिल्लास्तरबाट पाइने विशेषज्ञ स्वास्थ्य सेवा अब पालिकाबाट उपलव्ध गराउन सरकारको || ४--प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३ वुँदे || ३ --प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३ ||

शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल

पौष २७, २०७४, Khotang



काठमाडौं- सरकारले आगामी शुक्रबार सातवटै प्रदेशमा प्रमुखको मनोयन गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको मनोयन हुने सरकारको भनाइ छ ।
शुक्रबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बिहीबार सार्वजनिक विदा भएकाले शुक्रबार बैठक बोलाइएको हो । बाणिज्यमन्त्री मिन विश्वकर्माले शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले प्रदेश प्रमुखको मनोयन गर्न बताए । सक्रिय राजनीतिमा सहभागी नभएको, बौद्धिक छवि भएको र प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुखमा मनोयन गर्ने तयारी सरकारले गरेको पनि उनले बताए । उनले भने, ‘शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखको मनोनय गर्ने तयारी सरकारले गरेको छ ।’
यसैगरी युवा तथा खेलकुदमन्त्री राजन केसीले पनि शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखकको मनोनयन गर्ने तयारी सरकारले अघि बढाएको बताए । संविधानको भावनाअनुसार लब्ध प्रतिष्ठित, बौद्धिक छवि भएका व्यक्तिलाई प्रदेश प्रमुख मनोयन गर्ने तयारी भएको उनले बताए । स्रोतका अनुसार सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, निर्वाचन आयोगका पूर्व आयुक्त, पूर्व प्रशासकमध्येबाट सरकारले प्रदेश प्रमुखको मनोयन गर्ने तयारी गरेकोछ । यसैगरी सरकारले प्रदेश प्रमुखलाई समावेशी बनाउन कम्तीमा एकजना मधेसी मुलका र कम्तीमा एकजना सुदूरपश्चिमबाट बनाउने तयारी भएको स्रोतको भनाइ छ । यसैगरी कम्तीमा एकजना महिला प्रदेश प्रमुख मनोनय गर्ने तयारी सरकारले गरेको छ । अनुराधा कोइराला, रुक्मागंत कटुवाल, दोलखबहादुर गुरूङको नाम प्रदेश प्रमुखमा चर्चामा रहेको छ । यसैगरी केदारभक्त माथेमा, निलाम्बर आचार्य, राधेश्याम अधिकारीको नाम पनि चर्चामा छ ।
सरकारी स्रोतका अनुसार प्रदेश दुईमा प्रमुख मनोयन गर्न सरकारले राजपा र संघीय फोरमका नेताहरूसँग अनौपचारिक सरसल्लाह गरेको छ ।  सक्रिय राजनीतिमा सहभागी नभएका र बौद्धिक व्यक्तिमध्येबाट नाम दिन सरकाले राजपा र फोरम नेपालको नेतासँग नाम मागेको स्रोतको भनाइ छ । प्रदेश नम्बरमा २ मा संघीय फोरम र राजपा गठबन्धनको सरकार बन्ने भएकोले राजपा–संघीय फोरम गठबन्धनलाई सहज बनाउन प्रदेश दुईमा   प्रमुखको मनोनय गर्ने तयारी भएको  स्रोतको भनाइ छ ।  प्रदेश प्रमुखको मनोनय नभई निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाउन सकेको छैन । संविधानअनुसार प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने प्रावधान छ । प्रदेशसभाको अन्तिम नतिजा निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको बीस दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गर्ने संविधानमा व्यवस्था छ । तर सरकारले प्रदेश  प्रमुखको मनोनय गर्न ढिलो गर्दा प्रदेशसभाका सांसदहरूले सपथग्रहण गर्नसमेत पाएका छैनन् । यसबाट प्रदेशसभाका सांसदहरू यतिखेर अलमलमा परेका छन् ।
अस्थायी केन्द्र तोक्न अलमल
प्रदेशसभाका सांसदलाई सपथ गराउन तथा प्रदेशसभाको बैठक बोलाउन अस्थायी केन्द्र तोक्न भने सरकार अलमलमा परेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट अस्थायी केन्द्र पनि प्रदेश प्रमुखसँगै तोकिने सम्भावना रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने, ‘तत्काल काम चलाउनको लागि अस्थायी केन्द्र तोक्न सरकारले सकेसम्म राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको छ ।’ अस्थायी केन्द्र तोक्न सरकारले दुई तीनवटा विकल्पामा छलफल गरिरहेको पनि उनले बताए । ‘पहिलो विकल्पमा उच्च न्यायलयमा रहेको ठाउँमा अस्थायी केन्द्र तोक्ने हो कि भन्ने कुरा पनि आएको छ । यसैगरी प्रदेशभित्रै कुनै अर्को ठाउँमा अस्थायी केन्द्र तोक्ने कि भन्ने कुरा पनि आएको छ । सबै विकल्पमा छलफल भइरहेकोछ ।’ काठमाडांैमै सातवटै प्रदेशसभाका सांसदलाई सपथ खुवाउने सोचबाट भने सरकार पछि हटेको छ । काठमाडांैमै सपथ खुवाउने सरकारको योजनाप्रति  प्रदेशसभाका सांसदले तीव्र विरोध जनाएपछि सरकार सो योजनबाट पछि हटेको हो । सरकारले एमाले र माओवादीसँग सहमति जुटाई अस्थायी केन्द्र तोक्ने तयारी गरेकोछ । अस्थायी केन्द्र तोक्ने वित्तिकै यसबारेमा विवाद उत्पन्न हुने भएपछि सरकार अस्थायी केन्द्र तोक्न अलमलमा परेको हो ।  सरकारले सातवटा प्रदेशको अस्थायी राजधानी तोक्न केही दिनअघि एउटा कार्यदल बनाएको थियो । सो कार्यदलले एक नम्बरको विराटनगर, दुईको जनकपुर, तीनको भक्तपुरको सानोठिमी, चारको पोेखरा र पाँचको दाङमा अस्थायी राजधानी बनाउन सिफारिस गरेको थियो । यसैगरी कार्यदलले ६ नम्वर प्रदेशमा सुर्खेत र सात नम्वर प्रदेशमा दिपायललाई अस्थायी मुकाम बनाउन सिफारिस गरेको थियो । सो  सिफारिसलाई सरकारले कार्यान्वयन गर्ने तयारी पनि गरेको थियो । तर प्रदेश राजधानीको विषयलाई लिएर ठाँउठाँउमा विवाद शुरू हुने स्थिति देखिएपछि सरकारले  प्रदेशसभाको अस्थायी राजधानी तोक्ने विवादमा सकेसम्म नफस्ने निष्कर्षमा पुगेको हो । नागरिक

Reporter : हलेसी एफएम

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // आज नेपाली राजनीतिका त्याग र निष्ठाका...

२०७७ पौष ६, हलेसीन्युजडेस्क // खोटाङमा एक महिलाको शब फेला परेको...

२०७७ पौष ६ , हलेसीन्युजडेस्क // प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...

२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क // खोटाङमा...

२०७७ पौष ५, हलेसीन्युजडेस्क // केपी शर्मा ओलीले संसद...

२०७७ पौष ४, हलेसीन्युजडेस्क // पछिल्लो २४ घण्टामा प्रदेश १...

२०७७ पौष ४ , हलेसीन्युजडेस्क // प्रदेश १ सरकारले तीन...

२०७७ पौष ४, हलेसीन्युजडेस्क // खोटाङ र भोजपुरको सिमाना हुदै मुन्द्धुम...