सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २१, २०८०, Diktelrupakotmajhuwagadi

Image

श्रीमावि वाँसवोटेले मनाउँदैछ ६३औँ वार्षिकोत्सव


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित श्री मावि वाँसवोटेले आज देखि ३ दिन सम्म ६३ औँ वार्षिकोत्सव तथा तेह्रौँ अक्षय कोष दिवस मनाउदैछ । २०१७ सालमा स्थापना भै सञ्चालनमा आएको श्रीमावि वाँसवोटेको २०६८ सालमा स्वर्ण महोत्सवका अवसरमा स्थापना भएको अक्षय कोषको तेहौँ वर्षगाँठ समेत आजदेखि ३ दिनसम्म विध्यालयले भव्यताका साथ ६३ औँ  वार्षिकोत्सव तथा तेहौँ अक्षय कोष दिवस मनाउन लागेको वडा नं. ५ का वडाध्यक्ष तथा शिक्षा समितिका संयोजक दिनेश घिमिरेले हलेसी एफएमलाई बताउनुभयो ।

विध्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रश्न राज राईको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईबाट आज हुने उद्घाटन कार्यक्रममा अक्षय कोषमा ज–जसको नाममा कोष जम्मा गरिएको छ, उहाँहरुको तस्विरमा माल्यापण गर्दै सम्झना गरिनेछ ।

आफ्नो परिवारको परलोक भैसकेका अग्रजहरुको सम्झनामा हाल सम्म विध्यालयको अक्षय कोषमा रु.१६ लाखभन्दा वढी रकम जम्मा भैसकेको श्रीमा.वि. वासवोटेका शिक्षक तथा विध्यालयका लेखापाल गोपाल श्रेष्ठ बताउनुहुन्छ । ‘ तर समाजका कतिपय शिक्षासेवीहरुले आफू जीवित रहदै पनि अक्षयकोषमा रकम जम्मा गरेकाछन् ’--भन्नुहुन्छ  शिक्षक तथा लेखापाल श्रेष्ठ ।

त्यसैगरी कात्तिक २२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका माध्यामिक विध्यालयहरुवीच अन्तर मावि भलिवल प्रतियोगिता आयोजना गरिने विध्यालय श्रोतले जनाएको छ । कात्तिक २३ गते वार्षिकोत्सवको समापन गरिनेछ । 

समापन कार्यक्रममा विध्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरिनेछ । त्यस्तै समापनका दिन श्रीमावि वाँसवोटेको उत्कृष्ट विध्यार्थी, उत्कृष्ट शिक्षक लगायतलाई सम्मान गरिने समेत जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

Horoscopes Icon

All Horoscopes