हाम्रो अनुरोध
पूर्वको पशुपतिनाथका रुपमा परिचित हलेसीको पवित्र नामबाट खोटाङ्ग जिल्लाको सदमुकाम दिक्तेल बजारमा स्थापित सामुदायिक रेडियो हलेसी एफएम विगत सात वर्षदेखि समुदायलाई प्रत्यक्षत / परोक्षत लाभ पुग्ने गरी कृषि , पर्यटन , शिक्षा , स्वास्थ्यका अलवा साहित्य , कला र सँस्कृतिमा समेत सचेतनामुलक शन्देश प्रशारण गर्दै तथा स्थानीय बिकाश निमार्ण र अन्य घटना गतिबिधिलाई शिघ्र स्थानीय जनतालाइ जानकारी गराउने ध्येयले सूचना शन्देश र स्थानीय समचारहरु प्रशारण गर्दै आईरहेको सर्वविदितै छ । २०६६ सालदेखि २०७३ सालसम्म दिनमा ९ घण्टा प्रशारणमा आईरहेको हलेसी एफएम २०७४ बैशाख १ गतेदेखि विहानी ५ः३० देखि राती १०ः०० वजे सम्म निरन्तर १६ घण्टा जनतालाई सूचना शन्देश र स्वस्थ मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ । वर्तमान परिपे्रक्षमा संबैधानिक अधिकार सम्पन्न स्थानीय सरकार गठन भई जनताको समृद्धि र बिकाश निर्माणको अभियानमा अगाडि बढिरहेको सन्दर्भमा सूचना सञ्चार , विज्ञान र प्रबिधिको माध्यमबाट विश्व जगत नै एउटा साघुरो घेराभित्र वाँधिन गएको तथ्यलाई स्विकार्दै सामुदायिक रेडियो हलेसी एफएम अनलाइनमा www.halesifm.com.np र १०२.४मेघाहर्जबाट दैनिक १६ घण्टा श्रोताहरुका वीचमा आवाजको माध्यमबाट उपस्थिति जनाउदै आइरहेको छ । यहाँहरुको अपार माया र सहयोगको सदा अपेक्षा राख्दछ— हलेसी एफएम ।
9843777361