सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २३, २०८०, Khotang

Image

स्थानीय पाठयक्रम/पाठ्यपुस्तक संंशोधन गर्ने तयारीमा–दिरुम

नगरपालिकाभित्र व्यापक शैक्षिक सुधार गर्न अध्ययन प्रतिवेदन तयारीका लागि सूर्य राईको संयोजकत्वमा सात सदस्यीय शिक्षा सुधार कार्यदल गठन

 

हलेसीन्युजडेस्क,खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठयक्रम संशोधन गर्ने तयारी गरेको छ । केही विषयवस्तुहरु थपघट र समयसापेक्षित बनाउन आवश्यक महसुस गरी तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईको कार्यकालबाट लागू गरिएको ‘दिरुम ज्ञानमाला’ नामको स्थानीय पाठयक्रमलाई वर्तमान नेतृत्वले संशोधन गर्ने तयारी गरेको बुझिएको छ ।

१८ माघमा बसेको नगर कार्यपालिका बैठकले स्थानीय पाठयक्रम संशोधन गर्ने निर्णय गरेको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ । नगरपालिकाद्धारा नगरभित्रका कक्षा–१ देखि कक्षा–५ सम्मका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठयक्रम ‘दिरुम ज्ञानमाला’ लागू गरेर पठनपाठन भैरहेको छ ।

स्थानीय पाठयक्रम संशोधनका निम्ति कार्यपालिकाको वैठकले जालपाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक दान बहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । संयोजक राईले नगरप्रमुख सँग समन्वय गरेर विज्ञहरुबाट अन्य चार जना सदस्यहरु मनोनयन गर्ने थाहा भएको छ ।

दिरुम ज्ञानमालामा कतिपय पाठहरु थप्नुपर्ने, वास्तविक विषयवस्तु समावेश गर्नुपर्ने, कतिपय भाषिक त्रुटिहरु छन्, त्यसलाई मिलाउनुपर्ने र समय सन्दर्भ अनुसार परिमार्जन गर्ने उद्देश्यले स्थानीय पाठयक्रम संशोधन गर्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईले बताउनुभयो । मेयर भट्टराईका अनुसार संशोधन गरिएको स्थानीय पाठयक्रम आगामी शैक्षिक सत्र  देखि लागू हुनेछ ।

त्यसैगरी नगरपालिकाभित्र शिक्षा क्षेत्रमा व्यापक सुधार गर्ने उद्धेश्यले शैक्षिक अभियन्ता तथा जनजागृति मावि सोल्माका विव्यास अध्ष्क्ष सूर्यबहादुर राईको संयोजकत्वमा सात सदस्यीय शिक्षा सुधार कार्यदल पनि गठन गरिएको छ । कार्यदलको सदस्यहरुमा प्रकाश श्रेष्ठ, कृष्ण बुढाथोकी, दिलिप खत्री, दमन राई र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख तीर्थ विक हुनुहुन्छ । माघ १८ गते बसेको नगर कार्य पालिकाको बैठकको निर्णय अनुसार गठन गरिएको शिक्षा सुधार कार्यदलले १५ वडा रहेका नगरपालिकाभित्रका सामुदायिक विध्यालयहरुको शैक्षिक अवस्था, समस्या, चुनौति, आवश्यकता लगायतका विविध विषयहरुमा विस्तृत अध्ययन गरी विध्यालयहरुको यथार्थपरक तस्विर देखाउने प्रतिवेदन आगामी फागुन मसान्तभित्र पेश गर्ने जनाइएको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes