सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २२, २०८०, Khotang

Image

दिक्तेल बहुमुखी क्याम्पसले क्युएए प्राप्ति पछि साट्यो खुशी र उमंग


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेलबजारमा विक्रम सम्वत २०३७ सालमा स्थापना भएको सबैभन्दा पुरानो दिक्तेल बहुमुखी क्याम्पसले लामो प्रयासपछि विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन  (क्युएए) प्राप्त गरेको छ ।  क्युएए प्राप्त गरेपछि क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतामा मंगलबार बिहान एक कार्यक्रम गरी क्याम्पसलाई क्युएए प्राप्त गर्नमा प्रत्यक्ष/परोक्षतः सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद प्रदान गर्दै एकापसमा खुशी आदान प्रदान गरिएको छ ।

क्युएए प्राप्तिको लागि २०७१ सालदेखि नै प्रयास शुरु गरिएको र लगातारको प्रयत्नपछि विश्वविद्यालय अनुदान आयोगको बोर्डले २०८० पुष १९ गते क्याम्पसलाई क्युएए दिने निर्णय गरेको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी गराउनुभयो । उहाँले थप्नुभयो-‘औपचारिक रुपमा बोर्डले माघ १२ गते काठमाण्डौमा भएको विशेष समारोहमा क्याम्पसलाई बोलाएर युएएको प्रमाणपत्र प्रदान गरेको हो ।’

क्युएए प्राप्तिपछि अब विश्वविद्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रममा क्याम्पसलाई सहभागिताको अवसर मिल्ने, कार्यसम्पदानका आधारमा अनुदानको स्तर बढ्ने, क्याम्पसको भौतिक संरचनाको थप विकास हुने र विद्यार्थीले प्राप्त गर्नुपर्ने सेवासुविधाहरु विस्तार भए जानेछ । क्युएए पाँच वर्षका लागि मान्यता हुनेछ ।

‘क्युएए प्राप्तिसँगै दिक्तेल बहुमुखी क्याम्पसले प्रतिस्पर्धाको युगमा आफूलाई सवल र सक्षम शैक्षिक सस्थाको रुपमा उभ्याउन सफल बनेको छ ।’—क्याम्पस प्रमुख राईको भनाई थियो ।

क्याम्पसकै कार्यक्रमहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, भूपू विधार्थीहरुको उपस्थिति रहेको थियो ।

यातायातको सञ्जालले जिल्लालाई नजोडेको समयमा जिल्ला भित्रका विध्यार्थीहरु मात्र होइन छिमेकी जिल्लाका विध्यार्थीहरु समेत माध्यामिक तहको शिक्षा उतिर्ण सँगै दिक्तेल बहुमुखी क्याम्पसमा उच्च शिक्षा आर्जन गरी आफ्नो शैक्षिक क्यारियर बनाउने गर्दथे । हाल पनि यो क्याम्पसमा विध्यार्थीहरुको उल्लेखनीय चाप रहने गरेको छ । 

क्याम्पसमा स्थायी ११ जना, अस्थायी दुईजना, करार सातजना, आंशिक सेवामा छ जना गरी २६ जना शिक्षक तथा स्थायी र अस्थायी चार–चारजना कर्मचारी कार्यरत छन् । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

Horoscopes Icon

All Horoscopes