फाल्गुन ३०, २०८०, Khotang
अध्यक्ष राई भन्नुहुन्छ–‘व्यवहारिक र नैतिक शिक्षाको पाठ्यक्रम चाँडै तयार हुँदैछ ।’
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका–१ डाँडागाउँस्थित एक सामुदायिक विद्यालयलाई नगद सहयोग प्राप्त भएको छ । आफू जन्मिएको ठाउँको विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुर्याउने उदेश्यले युके निवासी वकिङ नेप्लिज समाजका निवर्तमान अध्यक्ष तथा किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष आशा राई र उहाँको श्रीमान शैकुमार राईले गाउँको सरस्वती आधारभूत विद्यालयलाई रु.५१ हजार १०१ नगद हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष, सहयोगदाताहरु, वडाध्यक्ष तथा विध्यालय परिवार
त्यस्तै, सोही विद्यालयलाई किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष अनिता राई र उहाँको श्रीमान गजेन्द्र राईले नगद रु. ५० हजार १५५ सहयोग प्रदान गर्नुभएको छ । आफ्नो स्वर्गीय बुवा सारजण्ट राज बहादुर राई र स्वर्गीय आमा सुखलक्षी राईको सम्झनामा आफूहरु जन्मिएको गाउँको विद्यालयमा पुगेर एक कार्यक्रमका बीच उक्त सहयोग रकम प्रदान गर्नुभएको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईको प्रमुख आथित्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोगीद्वय आशा राई र अनिता राईले सोही विद्यालयको बालविकास केन्द्रमा अध्ययनरतः १८ जना बालबालिकालाई ट्याकसुट वितरण गर्नुका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सल र गल्फन लगाएर सम्मान गर्नुभयो ।
सो क्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले आजको बालबालिका भोलिका कर्णधार भएको हुनाले उनिहरुको वृत्तिविकासमा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हामीले शिक्षालाई समृद्धिको जग मान्दै आएका छौं, शिक्षक समृद्धिको मुहान हो, शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको हुने भएकाले बालबालिकाको रुची र चाहना अनुकूल प्रविधिमैत्री सिकाई हुनुपर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्न साकेला गाउँपालिका सरकार निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष राईले कस्तो शिक्षा प्रणालीबाट कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरा राज्यको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधी, मूल्याङ्कन पद्धतिले निर्धारण गर्ने भएकाले नैतिक र व्यवहारिक शिक्षाको पाठ्यक्रम चाँडै तयार गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सहयोगदाता आशा राईले आफू जन्मिएर हुर्किएको ठाउँको विद्यालयलाई सहयोग गर्नु पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले आग्रह गर्दै भन्नुभयो( विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावकको अहम् भूमिका हुने भएकाले विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नु पर्दछ ।
अर्का सहयोगदाता अनिता राईले आजका बालबालिका भोलिको भविष्य बन्न सक्ने भएकाले उनिहरुको क्षमता र चाहनालाई बुझेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आगामी दिनमा पनि गाउँको विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफूले सकेको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत उहाँहरुले व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई तथा सहयोगदाताहरुलाई विद्यालयका तर्फबाट प्रधानाध्यापक गोविन्द बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन राई लगायत सो विद्यालयका शिक्षक, शिक्षिकाहरुले भव्य स्वागत गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ बाँझेच्यानडाँडाका वडा अध्यक्ष हेमन राई, नेपाली काँग्रेसका क्षेत्रीय सचिव समराज राई लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुर्याउने उद्देश्यले साकेला गाउँपालिका(१ स्थायी घर भई हाल कतारमा कार्यरत जित कुमार राईले सोही सरस्वती आधारभूत विद्यालयलाई नगद रु. दश हजार सहयोग प्रदान गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेतले जानकारी दिनुभयो । विभिन्न समयमा विद्यालयलाई सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिने प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...
हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...
२०८१ मंसिर
मंसिर महिनामा मेष राशिलाई केही संघर्ष गर्नुपर्ने देखिन्छ । काम बिग्रने डरले सताउन सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफन्त समेत पीठ फर्काउने चेष्टा देखाउन सक्छन् । आकस्मिक बाधा र अधैर्य व्यवहारले आफ्नै अडानमा टिक्न समस्या पर्नेछ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुपर्ने समय छ । आम्दानी बाहिरिने र अर्थ अभाव देखापर्ने समय छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा पनि कमी आउनेछ । चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानी अपनाउनु बेश हुनेछ । नयाँ काम गर्न बाधा भए पनि पहिले रोकिएका काम दोहोर्याउँदा फाइदा हुनेछ । अवसरका लागि दौडधुप गर्नुपर्ला ।
२०८१ मंसिर
मंसिर महिनामा वृष राशिलाई केही खर्चिलो रहने सम्भावना छ । पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी केही असामान्य रहनेछ । पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ । चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ । नयाँ काम गर्न समय लागे पनि नियमित काम सम्पादन हुनेछन् । व्यापारमा केही लाभ हुनाले आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। आस मारेको काम बन्नाले उत्साह पनि जाग्नेछ। व्यावसायिक यात्रा गर्ने साइत जुर्नेछ। अध्ययनको सफलताले पनि विदेश जाने अवसर दिलाउन सक्छ । महिनाको उत्तरार्धमा केही काम सम्पादन हुनेछन्, मिहिनेत गर्नुहोला ।
२०८१ मंसिर
मंसिर महिनामा मिथुन राशिलाई विशेष उपलब्धि देखिन्छ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। नयाँ अवसर प्राप्त हुनेछन् । भौतिक साधन जुट्नाले महत्वाकांक्षी योजना प्रारम्भ गर्न सकिनेछ । दिगो फाइदा हुने कामको जग बसाउने समय छ । रोकिएका काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन् । पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन्। प्रयत्न गर्दा नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा पनि अग्रस्थान प्राप्त हुनेछ। मिहिनेत गर्दा राम्रै आर्थिक उपलब्धि हुनेछ। नयाँ अवसरका लागि प्रयत्न गर्नुहोला ।
२०८१ मंसिर
मंसिर महिनामा कर्कट राशिलाई अवसर र चुनौती बराबरी आउनेछन् । परिरस्थितिवश आफ्नो मान्यतामा अडान लिन नसकिएला। विवादास्पद कामले समस्या निम्त्याउन सक्छ। साथीभाइको सम्बन्ध कमजोर बन्नेछ। स्वास्थ्यमा मौसमी समस्या देखापर्ने समय छ, सजग रहनुहोला। काममा केही विलम्ब भए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मिहिनेत गर्दा बौद्धिक क्षमता बढ्नेछ र अध्ययनमा पनि राम्रै नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। आँटले काम लिँदा राम्रै प्रतिफल हातलागी हुनेछ। पहिले अड्किएका काम पनि प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्न सफल भइनेछ। लेनदेन गर्दा आफ्नो मूलधन सुरक्षामा अलि सजग रहनुहोला।
२०८१ मंसिर
मंसिर महिनामा सिंह राशिलाई केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। भूमिबाट सामान्य लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। दाजुभाइ र शुभचिन्तकको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। तत्काल फाइदा नभए पनि पछिका लागि कर्मसञ्चय हुनेछ। सुझबुझले काम लिँदा आर्थिक सन्तुलन पनि कायम रहनेछ।
२०८१ मंसिर
मंसिर महिना कन्या राशिका लागि निकै उत्साहवर्धक रहनेछ । काम गर्दै जाँदा नयाँ अवसर प्राप्त हुनेछन्। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।
२०८१ मंसिर
मंसिर महिनामा तुला राशिलाई उपलव्धिमूलक सावित गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने देखिएकाले सजग रहनुहोला। अवसरका लागि केही त्याग समेत गर्नुपर्ला। समय लागे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभाको मूल्यांकन हुनेछ। अध्ययनको मिहिनेतले प्रशंसा, पुरस्कार आदि दिलाउनेछ। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा लाभ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला, प्रतिद्वन्द्वीले हार खानेछन् र सामाजिक प्रतिष्ठा पाइनेछ। आलोचनाबाट सदैव जोगिने चेष्टा गर्नुहोला।
२०८१ मंसिर
मंसिर महिनामा वृश्चिक राशिका लागि केही अप्ठ्यारा समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हट्नेछन्। दौडधुपमा खर्च बढे पनि पुरुषार्थी काम गर्ने समय छ। प्रतिष्ठाको संघर्षले सफलताको यश दिलाउनेछ। महिनाको उत्तरार्धमा दिगो काम प्रारम्भ हुनेछ। उच्च महत्त्वाकांक्षाले भने केही समस्या पनि निम्त्याउनेछ। असंयम व्यवहार दर्साउँदा साथीभाइ टाढिन सक्छन्। जिम्मेवारी पूरा भए पनि सम्बन्ध प्रगाढ नहुन सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। स्वास्थ्यमा टाउको दुखाइ, पिनास वा आँखाको कमजोरीले सताउन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा फाइदा हुनेछ। वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्।
२०८१ मंसिर
मंसिर महिनामा धनु राशिलाई केही व्यावहारिक उतारचढाव आउनेछन् । खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। अप्ठ्यारो समयमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरूले सताउन सक्छन्। आफन्त टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भइनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। उत्तरार्धमा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर पनि जुट्न सक्छ। पाउमा चोटपटकको योग देखिएकाले सवारी र हतियारको उपयोग अलि सावधानीसाथ गर्नुहोला ।
२०८१ मंसिर
मंसिर महिना मकर राशिका लागि काममा विलम्व भएपनि निकै उपलव्धिमूलक रहनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ र आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। चिताएको काम बन्नेछ र आम्दानी पनि बढ्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता पाइनेछ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन–अनुसन्धानले सफलताको उचाइमा पुर्याउनेछ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थी समृद्ध बन्नेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। नयाँ काम थालनी हुनेछ। माङ्गलिक कार्यमा समय बित्नेछ।
२०८१ मंसिर
मंसिर महिना कुम्भ राशिलाई लाभदायक रहनेछ । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। चिताएको काम सजिलै सम्पादन हुनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। विशिष्ट व्यक्तिसँग निकटता बढ्नेछ। विशेष भेटघाटको अवसर जुट्नेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। सामाजिक तथा राजनीतिक कार्यमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुनेछ। भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ। परिवारमा सुख–समृद्धि बढ्नेछ। स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यापार–व्यवसायमा थप लगानी जुटाउनुपर्ने परिस्थिति आउन सक्छ ।
२०८१ मंसिर
मंसिर महिनामा मीन राशिलाई केही उतारचढाव आउन सक्नेछ । योजना ठूलो बने पनि काममा चुनौती देखापर्नेछन् । स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ । सहयोगीको अभाव र कामको चापले लक्ष्यमा पुग्न समय लाग्नेछ । तापनि अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन् । अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन् । लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ । पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्त नजिकिनेछन् । ईर्ष्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ । आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। भैपरी आउने समस्यासँग जुध्नुपर्नेछ ।