सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २६, २०८०, Khotang

Image

खोटाङमा विध्यालय आधारभूत तहका शिक्षकहरुको पेशागत विकास तालिम (TPD) शुरु

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा विध्यालयको आधारभूत तहका (कक्षा १ देखि ३ सम्म) एकिकृत पाठ्यक्रम सम्बन्धि प्रथम चरणको शिक्षकहरुको पेशागत विकास तालिम (TPD) शुरु भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय शिक्षा तालिम केन्द्र, इनरुवाको आयोजनामा चैत्र २६ गतेदखि १० दिनसम्म सञ्चालन हुने तालिमको आज दिक्तेलस्थित शैक्षिक तालिम केन्दमा उद्घाटन भएको हो ।

सामाजिक विकास मन्त्रालय शिक्षा तालिम केन्द्र, इनरुवाका प्रमुख सूर्य प्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख भट्टराईले तालिम भनेको धार लगाउने विधा हो, तालिमबाट सिकेको सिपलाई शिक्षण अभ्यासमा उपयोग गर्न सकेनौँ भने निरर्थक हुनेछ भन्दै यसलाई कक्षामा लागू गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक विध्यालयमा सरकारको लगानी अनुसार शैक्षिक गुणस्तर बढ्न नसक्नुको कारण पहिचान गरी शैक्षिक गुणस्तरीयतालाई बढाउन शिक्षक, अभिभावक, विध्यार्थी र जनप्रतिनिधिहरुले अहम भूमिका खेल्नु पर्ने नगरप्रमुख भट्टराईको कथन थियो । उहाँले विगतका कमि कमजोरीबाट शिक्षा लिदै भविष्य उज्जवल बनाउन तर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रमा सरस्वती माध्यामिक विध्यालय दिक्तेलका प्रअ शिवहरि ढकाल, शिक्षकहरु सुवास राई, नन्द विक लगायतले तालिमको सफताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०८१ चैत्र ५ गतेसम्म सञ्चालन हुने शिक्षक पेशागत विकास तालिममा दिक्तेलरुपाकोट मझुवागढी, ऐसेलुखर्क, रावावेशी, केपिलासगढी तथा साकेला गाउँपालिकाका सामुदायिक विध्यालयहरुका २५ जना शिक्षकहरु तालिममा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई, खोटाङले जनाएको छ ।

उहाँहरुलाइ प्रशिक्षकका रुपमा सूर्यराज घिमिरे, पर्शु राई, लक्ष्मण जोशी, सोममणि कोइराला तथा  लक्ष्मिप्रसाद खनालले तालिममा सहजिकरण गर्नुहुने जनाइएको छ ।

 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes