सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २७, २०८०, Khotang

Image

खोटाङमा पनि आईईएमआईएस प्रणालीबाट विध्यार्थीको नतिजा प्रकाशन शुरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.२ सोल्मास्थित जनजागृति माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईई एम आई एस) बाट प्रकाशन गरेर जिल्लाको शैक्षिक प्रणालीमा नयाँ प्रविधि–अभ्यास शुरु गरेको छ ।

हालसालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकसित गरेको सफ्टवेयर आईईएमआईएस प्रयोग गरेर दिक्तेल सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा सञ्चालनमा आइरहेको जनजागृति माध्यामिक विद्यालयले कक्षा–१ देखि कक्षा–९ सम्मको परीक्षाको वार्षिक नतिजा प्रकाशन गरिएको विध्यालयका प्रधानाध्यापक पदमकुमार राईले बताउनुभयो । यो सफ्टवेयरमार्फत नतिजा प्रकाशन गर्दा विधार्थीको जन्म मिति, सिम्बल नम्बर, ईमिस कोड नम्बर, प्राप्ताङक नम्बर, प्रयोगात्मक नम्बर र कूल जिपिए सिस्टममा देखिनेछ ।  जुन विधार्थीको नतिजा सिधै मन्त्रालयबाट हेर्न सकिनेछ । 

अन्य विद्यालयहरुले भने परम्परागत शैलिमा हातैले लेखेर नतिजा प्रकाशन गरिरहेका छन् ।

नमूना शैक्षिक संस्थाका रुपमा प्रवद्र्धन गरिदै आएको यो विध्यालयमा हिमाल, पहाड, तराईका गरी करीव १५० भन्दा बढी बालबालिका अध्ययनरत रहेको विध्यालय श्रोतले जनाएको छ । यहाँ विध्यार्थीहरुका लागि आवासको समेत प्रवन्ध गरिएको छ । सिक्दै व्यवहारमा लागू गर्ने शैक्षिक विधिलाई यहाँ विध्यार्थीहरुवीच लागू गरिदै आएको बताइन्छ ।

विध्यालयले आईईएमआईएस प्रकाशन गरिएको नतिजा अनुसार कक्षा–१ मा डोल्पाका टोप प्रसाद रोकाय प्रथम र खोटाङका सुभचन परियार दोश्रो भएका छन् । कक्षा–२ मा गोरखाकी शिवान गुरुङ प्रथम र खोटाङका एन्जल राई दोश्रो, कक्षा–३ मा दोलखाका सुदिप थामी प्रथम र डोल्पाकी अनिता बोहोरा र खोटाङका रोनिस राई दोश्रो भएका छन् । कक्षा–४ मा खोटाङका निर्भय कार्की प्रथम हुँदा धादिङका अशोक नेपाली दोश्रो भएका छन् ।

कक्षा–५ मा बाजुराका बेदन मिजार प्रथम, धादिङकी तिलकुमारी नेपाली दोश्रो, कक्षा–६ मा मुगुकी दिकु लामु तामाङ प्रथम, मकवानपुरका अबिचल मसाइ मगर दोश्रो, कक्षा–७ मा सिरहाकी आरती कुमारी महतो प्रथम, मुगुकी पासाङ लामु लामा दोश्रो, कक्षा–८ मा खोटाङका अनिस कार्की प्रथम, रुकुमका एन्जल विष्ट मगर र लम्जुङकी अनुसा वाग्ले दोश्रो र कक्षा–९ मा मुगुका विवेक रावत प्रथम हुँदा गोरखाकी शिवानी गुरुङ दोश्रो भएकी छन् । बाजुराका बेदन मगर विद्यालय प्रथम भएका छन् । उनी  कक्षा–५ मा प्रथम पनि हुन् ।

वार्षिक परीक्षामा प्रथम र दोश्रो हुने विद्यार्थी तथा विद्यालयको आन्तरिक विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले पुरस्कार वितरण गर्नुभएको थियो ।

फाउण्डेसनका प्रवन्ध निर्देशक एवंम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुर्यबहादुर राईको अध्यक्षतामा सोमवार भएको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा सोल्माका वडाध्यक्ष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शैक्षिक सुधार कार्यदलका सदस्य, अभिभावक लगायतको उपस्थिति रहेको थिायो ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes