सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३, २०८१, खोटाङ

Image

सरस्वती मावि दिक्तेलमा ‘लागू औषध रोकथाम तथा न्युनिकरण’ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरियो

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवजारस्थित श्री सरस्वती माध्यामिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा “लागू औषध रोकथाम तथा न्युनिकरण” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ‘नागरिकसँग समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जेष्ठ ३ गते प्रहरी नायव निरिक्षक प्रकाशचन्द्र अधिकारीको कमान्डमा खटीगएको प्रहरी टोलीले श्री सरस्वती माध्यामिक विद्यालय दिक्तेलमा “लागू औषध रोकथाम तथा न्युनिकरण” सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

शुरुमा ‘सामुदायिक प्रहरी’को नामबाट कार्यक्रम सञ्चालन हुदै आएकोमा त्यो भन्दा अझ परिष्कृत गरेर अलि पृथक अवधारणाका साथ शुरु गरिएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै  देशभरि प्रभावकारी ढंगबाट सञ्चालनमा आईरहेको प्रहरी श्रोतको भनाई छ ।

समुदायसँग बसेर सामाजिक विकृति र विसंगतिलाई चिर्दै अपराध न्यूनिकरण गर्न यो कार्यक्रम प्रभावकारी ठहरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का बताउनु हुन्छ । नेपाल प्रहरी र स्थानीय तहबीचको साझेदारीमा साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न ‘समुदाय प्रहरी साझेदारी’ को अवधारणा ल्याइएको उहाँ बताउनुहुन्छ ।

आज सरस्वती माध्यामिक विद्यालय दिक्तेलमा अध्ययनरतः कक्षा ८, ९ र १० का ६३ जना विद्यार्थीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

प्रहरी  श्रोतका अनुसार ‘नागरिकसँग प्रहरी साझेदारी अभियान’ अन्तर्गत ‘साईबर सुरक्षा’ र ‘लागूऔषध नियन्त्रण’ बारे सचेत गराउन फिल्ड प्रशिक्षण नै सञ्चालन गरिएको हो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes