सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १, २०८१, खोटाङ

Image

वुइपा घोषणापत्र-२०८१ जारी गर्दै १८ औ जिल्ला स्तरीय जुनियर युवा गोष्ठी सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको  जिल्ला जुनियर तथा युवा रेडक्रस समितिको आयोजना तथा चम्पावती माध्यामिक विद्यालय वुइपाको व्यवस्थापनमा १८ औँ जिल्ला स्तरीय जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ वुइपाको वडा कार्यालयस्थित सभाहलमा २४ विद्यालयहरुको सकृय सहभागितासहित जेष्ठ ३० र ३१ गते दुई दिने आवाशीय गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीको उद्घाटन सत्र युवा रेडक्रस सर्कल चम्पावती मावि वुइपाका अध्यक्ष.जीवन रम्तेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखा कोषाध्यक्ष एवं जिल्ला जुनियर युवा जिल्ला समिति संयोजक लिलाबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।  

२४ विध्यालयका संरक्षक, शिक्षक नायक, सह शिक्षक नायक, विद्यार्थी, रेडक्रस जिल्ला कार्य समिति, जिल्ला जुनियर तथा युवा समिति, कर्मचारी गरी १५० जनाको सहभागिता रहेको सो गोष्ठीमा शैक्षिक सत्र २०८० मा तयार गरिएको घोषणा पत्र र कार्ययोजना अनुसार सर्कलले सम्पन्न गरेका गतिविधिको मूल्यांकनका आधारमा उत्कृष्ट सर्कल छनौट गरिएको थियो । जस अनुसार जुनियर रेडक्रस सर्कल सुर्केडाँडा आधारभूत विध्यालय प्रथम भएको छ । योसँगै सुर्केडाँडा आधारभूत विध्यालयअन्तर्गत  जुनियर रेडक्रस सर्कलले लगातार आठौ पटक प्रथम स्थान प्राप्त गर्न सफल भएको नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखा कोषाध्यक्ष एवं जिल्ला जुनियर युवा जिल्ला समिति संयोजक खत्रीले हलेसी एफएमलाई बताउनुभयोे । 

यसै गरी युवा रेडक्रस सर्कल सप्तकञ्या मा वि चिप्रीङ द्धितिय र युवा रेडक्रस सर्कल चम्पावती मा वि विजयखर्कले तृतिय स्थान प्राप्त गरेको थाहा भएको छ । प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने सर्कलहरुका लागि क्रमश रु ५ हजार, रु.३ हजार र  रु.२००० नगद पुरस्कारका साथै रनिङकप र प्रमाणपत्र प्रदान गरिएको छ । 

दुई दिने गोष्ठीले वुइपा घोषणापत्र—२०८१ र सो सँग सम्बन्धित कार्ययोजना जारि गरेको छ । गोष्ठी सन्चालनको क्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले रेडक्रस अभियान, विभागकै अधिकृत सुमिरा न्यौपानेले जुनियर तथा युवा रेडक्रस कार्यविधि वारेमा कक्षा सहजिकरण गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक प्रकाशचन्द्र अधिकारीले साइवर अपरााध सचेतना कक्षा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमको समापनसत्र नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर युवा समिति संयोजक लिला वहादुर खत्रीको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर /यूवा विभागका निर्देशक धर्मदत्त विडारीको विषेश आतिथ्यतामा सम्पन्न भएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes