सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १, २०८१, Khotang

Image

आज नयाँ वर्ष–२०८१ को पहिलो दिन

विगत वर्षबाट शिक्षा लिदै नयाँ वर्षलाई उपव्धिमूलक बनाउन प्रण गर्ने दिन

 

हलेसीन्युजडेस्क, खोटाङ

आज विक्रम सम्वतको पात्रोअनुसार नयाँ वर्षको पहिलो दिन । विभिन्न आरोह अवरोहलाई व्यतित गर्दै आज मध्यरातबाट २०८० सालको समापनसँगै २०८१ साल प्रारम्भ भएको हो । 

हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ मनाउने गर्छन् ।

विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाखमा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । वि.सं. हिन्दू पञ्चांगमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा नेपालीहरु एकापसमा सद्भाव र शुभकामना आदानप्रदान गर्दछन् । त्यसअघिको अन्तिम साँझ तथा रात साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त मनाउने गरिन्छ ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

नयाँ वर्षको अवसरमा खोटाङका विभिन्न स्थानहरुमा खेलकुद, शुभकामना आदान प्रदान कार्यक्रम, पिकनिक लगायत विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

सामुदायिक रेडियो हलेसी एफएम यो अवसरमा सम्पूर्ण श्रोता महानुभावहरुका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

[ सम्झनामा एक वर्ष अगाडि--नयाँ दशकको ढोका खोल्दै नववर्ष २०८० को शुभआगमन }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes