सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १, २०८०, Khotang

Image

नयाँ दशकको ढोका खोल्दै नववर्ष २०८० को शुभआगमन

 

हलेसीन्युजडेस्क, खोटाङ /

आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल आजबाट सुरु भएको छ । विक्रम सम्वत २०७० देखि २०७९को एक दशक सकिएर अब २०८० को दशक पनि प्रारम्भ भएको दिन हो आज ।

बितेको एक दशकको आरोह अवरोहलाई सम्झदै ८० को एक दशकको यात्रामा पनि हामीले आजदेखि पाइला टेकेका छौँ ।

नयाँ वर्ष प्रारम्भ भएको पावन अवसरमा नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गर्नुभएको छ ।

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । 

नववर्ष २०८० को शुभआगमनको पावन अवसरमा सामुदायिक रेडियो हलेसी एफएम परिवार देश विदेशमा रहनुभएका हाम्रा आदरणीय श्रोतामहानुभावहरुका साथै सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा डढेलोका कारण एक वृद्धको ज्यान गएको छ...

हलेसीन्युजडेस्क,खोटाङ / कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी...

हलेसीन्युजडेस्क, खोटाङ कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा डढेलोका कारण आज पनि बस्तिका केही घरहरु जलेर...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका अग्निपीडित...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा आगामी बैशाख ३१ गतेबाट हुन लागिरहेको...

Horoscopes Icon

All Horoscopes