सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम

बैशाख २, २०८१, Khotang

Image

नयाँ वर्ष २०८१ को पहिलो दिन धुमधामले मनाए खोटाङेले


हलेसीन्युजडेस्क, खोटाङ

२०८१ सालको पहिलो दिन शनिबार खोटाङका विभिन्न स्थानहरुमा खोटाङवासीले नयाँवर्ष धुमधामले मनाएका छन्  ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ,साप्सुधाप, काङसाहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, हुँमापोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, ट्याम्के,खोटाङ र भोजपुरको सिमाना चखेवाभन्ज्याङ, स्याल्मेडाँडा,  दिप्रुंगचुईचुम्मा गाउँपालिकास्थित छितापोखरी,  राम्चेडाँडा लगायत जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमा खोटाङका नागरिकहरुले धुमधामसँग नयाँ वर्ष मनाएका हुन् ।

वर्षको शुरुका दिन उत्साह र उमंगका साथ रमाइलो गरी बिताएमा वर्षभरी हर्ष र खुसी मिल्ने विश्वासमा जिल्लाका स्थानीय बासिन्दाले नयाँ वर्षलाई विशेष महत्वका साथ मनाएका हुन् । 

गाउँगाउँका स्थानीय बासिन्दाहरु घण्टौँ पैदल यात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिकरुपमा पिकनिक खाँदै, नाचगान र रमाइलोका साथ   नयाँवर्षलाई स्वागत गरेका थिए । राँगा, खसी, सुँगुर, भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका स्थानीय बासिन्दाहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । 

बाहिर जान अनुकुलता नहँदा कतिपयले घरैमा परिवारिक जमघटमा रमाइलो गरी नयाँ वर्ष मनाएकाछन् ।

नयाँ वर्ष मनाउदै-सामाजिक सञ्जालबाट सौजन्य गरिएका तस्विरहरु

 

[ यो पनि--आज नयाँ वर्ष–२०८१ को पहिलो दिन }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes