सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ९, २०८१, खोटाङ

Image

विध्यार्थीसँग प्रहरीको सचेतनामूलक कार्यक्रम–ATPS

हलेसीन्युजडेस्क, खोटाङ /

जिल्ला प्रहरी कार्यालय खोटाङले Awareness Trip to police Station  नामक कार्यक्रमको शुरुवात गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ ८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१ दिक्तेल स्थित सरस्वती माध्यामिक विद्यालय दिक्तेलका कक्षा १० मा अध्ययनरतः ३५ जना छात्र छात्राहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको भ्रमण गराई उक्त शाखाहरुले गर्ने कार्यसम्पादनको बारेमा प्रहरी अधिकृतहरुले व्रिफिङ् गर्नुको साथै “साइबर अपराध, लागूऔषध दुर्व्यसनी र विभिन्न किसिममा अपराधहरुबाट बच्न अपनाउनु पर्ने सुरक्षात्मक उपायहरुको” प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले हलेसी एफ एमलार्ई  जानकारी दिनु भएको छ । 

प्रनाउ खड्काले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमसँगै प्रहरीले  Awareness Trip to police Station नामक कार्यक्रमको शुरुवात भएको बताउनुभयो । कार्यक्रमको उद्देश्य प्रहरी र विद्यार्थीबीच सुमधुर सम्बन्धको अभिवृद्धि गराउनुको साथै जीवनोपयोगी सिकाइको समेत अभिवृद्धि  रहने उहाँको कथन रहेको छ । उक्त अभियान अन्तर्गत खोटाङ जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षाका साथै समुदायलाई लक्षित गरी “साइबर अपराध, लागूऔषध दुर्व्यसनी, बालविवाह, दाइजो, सामाजिक अपराध सम्बन्धि घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक र अमनचयनका लागि  Awareness Trip to police Station नामक कार्यक्रम फलदायी हुने जिल्ला प्रहरी कार्यालय खोटाङको विश्वास रहेको प्रहरी निरिक्षक बेनु कार्की बताउनुहुन्छ । उहाँका अनुसार यो कार्यक्रम खोटाङमा  पहिलो चोटि शुरुवात भएको होे ।  

सरस्वती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरतः ३५ जना छात्र छात्राहरुलाइ यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, प्रहरी निरिक्षक बेनु कार्की र प्रहरी सहायक निरिक्षक मनिष यादवद्धारा प्रशिक्षण दिएर कार्यक्रम सुसम्पन्न गरिएको  जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

        Awareness Trip to police Station का केही झलकहरु

 

[ यो पनि--सरस्वती मावि दिक्तेलमा ‘लागू औषध रोकथाम तथा न्युनिकरण’ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरियो }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes