सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २९, २०८१, खोटाङ

Image

विध्यार्थीसँग प्रहरीको सचेतनामूलक अभियानको निरन्तरता


हलेसीन्युजडेस्क, खोटाङ /

जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालन गरेको Awareness Trip to police Station (ATPS) कार्यक्रमले निरन्तरता पाइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा सेवारत प्रहरी अधिकृतहरुद्धारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ २९ गते मंगलबार १.३० बजे देखि ४.०० बजेसम्म सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालय दिक्तेलका कक्षा १० मा अध्ययनरतः  ३९ जना बिध्यार्थी छात्र छात्राहरुलाई प्रहरी कार्यालय खोटाङ अन्तर्गतका विभिन्न शाखाहरुको अवलोकन भ्रमण गराई उक्त शाखाहरुले गर्ने कार्य सम्पादनको बारेमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका  प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले हलेसी एफएमलार्ई जानकारी दिनु भयो ।

विध्यार्थीसँगको सचेतनामूलक अभियान कार्यक्रममा ‘सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक सुरक्षा र विभिन्न किसिमका अपराधहरुबाट बच्न अपनाउनु पर्ने सुरक्षात्मक उपायहरु’ को सम्बन्धमा प्रशिक्षण दिइएको जनाइएको छ । सो अवसरमा सडक दुर्घटना हुने प्रमुख कारणहरुमा ट्राफिक नियम उलंघन, सडकको भौतिक दुरावस्था, यान्त्रिक गडवडी, चालकको मानसिक कारण, मौसम तथा अन्य विभिन्न कारण मुख्य रूपमा रहने प्रहरी अधिकृतहरुले जानकारी गराउनुभएको थियोे । मादक पदार्थ सेवन पनि दुर्घटनाको मुख्य कारण हुने गरेको बताउदै चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई समय–समयमा मर्मत सम्भार गरी चुस्तदुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा दुर्घटनाजन्य घटनाहरु न्युन भएर जाने प्रशिक्षणमा बताइयो ।

यस्तै सडक सुधार्ने, मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रु सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटना स्वत: कम भएर जाने कुरालाई प्रहरी अधिकृतहरुले कार्यक्रममा महत्व दिनु भएको जनाइएको छ ।

अभियानमा सहभागी विध्यार्थीहरुलाई साइबर क्राइम के हो, यसका कानुनी सजायहरू के के छन् र दुर्व्यसनीहरुको समस्याको निराकरण के हो भन्ने बारेमा पनि प्रहरी अधिकृतहरुद्धारा जानकारी गराइएको थियो । समाजलाई विकृतितिर डोर्याउन भूमिका खेल्ने साइबर क्राइम र लागू औषध दुर्व्यसनी जस्ता दीर्घकालिन असर गर्ने विषयमा पनि छलफल गरिएको थियो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुरु भएको यस कार्यक्रमबाट प्रहरी र विद्यार्थीबीच सुमधुर सम्बन्ध स्थापित गराउदै समाजलाई अपराध जगतबाट जोगाउन विध्यार्थी अवस्था देखि नै जीवनोपयोगी सिकाईबाट सचेत नागरिकका रुपमा प्रशिक्षित गराउने उद्धेश्यले Awareness Trip to police Station (ATPS) कार्यक्रमको आयोजना गरिदै आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

      विध्यार्थी सचेतनामूलक अभियानका केही झलकहरु

 

[ यो पनि-विध्यार्थीसँग प्रहरीको सचेतनामूलक कार्यक्रम–ATPS  }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes