सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जीवन र जगत

बैशाख १५, २०८२, Khotang

Image

बत्तिस गुण हुनुभन्दा कुनै बैगुण नहुनु उत्तम

  • दिलकुमार घमाल

संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा, सम्पत्ति, सत्ता र नाम । यद्यपि यी सबै भौतिक वस्तुहरूको सँगालोले मानिसलाई स्थायी सुख दिन सक्दैन । यस्ता धन–दौलतका अगाडि आत्मिक शान्ति, मनको सन्तोष र चारित्रिक बल धेरै माथि पर्छन् । वास्तवमा, सादा जीवन उच्च विचार भन्ने जीवनदर्शनले नै साँचो मानव जीवनलाई सार्थक बनाउँछ । सादा जीवन भन्नाले तामझामविहीन, अनावश्यक देखावटीबाट टाढा रहँदै आत्मिक शुद्धता र आत्मसमर्पणमा विश्वास राख्ने जीवनशैलीलाई बुझिन्छ । यस्तो जीवनशैलीले मानिसलाई लोभ, ईष्र्या, अहंकार र क्रोधजस्ता मनोविकारहरूबाट बचाउँछ । सादा जीवनको मूल मन्त्र भनेको आवश्यकतालाई प्राथमिकता दिने हो, इच्छालाई होइन । महात्मा गान्धीले भनेझैं, “संसारमा सबैको आवश्यकता पूरा गर्न पर्याप्त छ, तर लोभ पूरा गर्न कहिल्यै होइन ।” जब मानिस सादा जीवन बाँच्न थाल्छ, उसले भौतिक साधनहरूबाट होइन, विचार र आचरणबाट आफ्नो व्यक्तित्व निर्माण गर्न थाल्छ । यहीँबाट उच्च विचारको प्रारम्भ हुन्छ । उच्च विचार भनेको अरुलाई नसोचेको कुरा सोच्नु मात्र होइन, तर आफ्ना विचार र व्यवहारबाट अरूलाई प्रेरित गर्नु पनि हो ।

हाम्रो समाजमा बत्तीसवटा गुण भएका मानिसको प्रशंसा गरिन्छ । यिनीहरूमा शील, सहनशीलता, इमानदारी, करुणा, सत्यवादिता, धैर्यता आदि समावेश छन् । तर जीवनमा बत्तीस गुण हुनुभन्दा कुनै बैगुण नहुनु नै बेस भन्ने भनाइ अझ गहिरो सत्य बोकेको छ । किनभने गुणहरू बाह्य देखिने कुरा हुन् । तर एउटा सानो बैगुण, जस्तै घमण्ड वा क्रोध, मानिसको सम्पूर्ण छविमा कालो धब्बा बन्न सक्छ । उदाहरणका लागि, यदि एक व्यक्ति अत्यन्त बुद्धिमान, साहसी र मेहनती छ तर अहंकारी पनि छ भने, उसको अहंकारले बाँकी सबै गुणलाई ओझेल पार्न सक्छ । त्यसैले, गुणहरू विकास गर्नुका साथै बैगुणहरूलाई नियन्त्रण गर्नु आवश्यक छ । हामी प्रायः गुण जोड्ने प्रयास गर्छौं तर आफ्नो कमजोरीलाई हटाउनेतिर कम ध्यान दिन्छौं । जीवनमा आत्ममूल्यांकन, आत्मसंयम र आत्मशुद्धिको प्रक्रिया अत्यावश्यक छ ।

समय संसारको सबैभन्दा मूल्यवान् सम्पत्ति हो । धन गुमेपछि फेरि कमाउन सकिन्छ, तर बितेको समय कहिल्यै फर्किंदैन । समय जीवनको एक–एक सेकेन्डमा गुम्दै जान्छ । त्यसैले गएको समय सम्झेर समय खेर फ्याल्नुभन्दा, आउने समयलाई सुन्दर बनाउनेतर्फ लाग्नुपर्छ । विगत हाम्रो शिक्षक हो । हामीले गरेका गल्तीहरू, पाएका अनुभवहरू र भोगेका पीडाहरूले भविष्यलाई अझ सुदृढ बनाउन सक्ने क्षमता राख्छन् । तर विगतलाई निरन्तर सम्झिएर पछुताउने, डराउने वा त्यसैमा अल्झिरहने हो भने वर्तमान बिग्रन्छ र भविष्य अँध्यारो हुन्छ । समयको सदुपयोग भनेको योजनाबद्ध जीवन हो । समय व्यवस्थापन भनेको सही कामलाई, सही समयमा, सही तरिकाले गर्नु हो । जसले समयको महत्व बुझ्दछ, उसले जीवनमा सफलताको द्वार खोल्न सक्छ ।

जीवन एउटा नदी हो । विगत उसका बगिरहेका धाराहरू वर्तमान त्यो बहने प्रक्रिया र भविष्य त्यो किनार हो, जहाँ पुग्न हामी प्रयासरत हुन्छौं । विगत त गइसक्यो । अब हामीले त्यसलाई बदल्न सक्दैनौँ । तर विगतबाट पाठ सिकेर भविष्य बनाउने हाम्रो हातमा छ ।

विगतलाई सम्झेर चिन्ता गर्नुभन्दा आगतलाई सम्झिएर सुखद भविष्य बनाउनेतर्फ लाग्नु उत्तम हुन्छ । किनभने चिन्ताले समाधान दिन सक्दैन, केवल मानसिक थकान मात्रै दिन्छ । यथार्थमा जिउन चाहनेले भविष्यको सपना देख्ने होइन वर्तमानमा कसरत गर्ने हो । 

जीवन केवल भौतिक उपलब्धिहरूको दौड होइन, यो त एउटा अन्तर्दृष्टिको यात्रा हो । जहाँ शरीर, मन र आत्माबीचको समन्वय आवश्यक छ । सादा जीवनले आत्मालाई पोषण गर्छ, उच्च विचारले मानसिक समृद्धि दिन्छ र सत्कर्मले बाह्य जीवनलाई सबल बनाउँछ । हामीले जे सोच्दछौँ, त्यो विचार बनिन्छ; जे विचार गर्छौँ, त्यो व्यवहारमा झल्कन्छ र त्यही व्यवहारले हाम्रो चरित्र र भाग्य निर्माण गर्छ । त्यसैले जीवनको मूल मन्त्र भनेको सकारात्मक सोच, सत्य व्यवहार र धर्मयुक्त कर्म हो ।

आजको प्रतिस्पर्धात्मक युगमा मानिसहरू बढी दौडधूप, तनाव, मानसिक अशान्ति र आत्मकेन्द्रित सोचले ग्रसित छन् । यस्तो अवस्थामा सादा जीवन उच्च विचार केवल एउटा आदर्श नभएर आवश्यकताजस्तै बनिसकेको छ । मोबाइल, सोशल मिडिया, उपभोगतावाद र देखावटी संस्कृतिले मानिसलाई आफ्नो मौलिकता बिर्सिँदै लगेको छ । यस्तो अवस्थामा आत्मसमीक्षा गर्न भित्रको शान्तिको खोजी गर्न र सादा तर समृद्ध जीवनको अभ्यास गर्न आवश्यक छ ।

जीवनमा सफलता भनेको केवल धन, पद र प्रतिष्ठा कमाउनु होइन, आत्मिक सुख, चारित्रिक बल र मानसिक सन्तुलन कायम गर्नु पनि हो । सादा जीवन उच्च विचार, गुणको विकास र बैगुणको नियन्त्रण, समयको सदुपयोग र विगत–भविष्यको सन्तुलन-यी सबै एक साथ समेटिएको जीवन नै साँचो सफल जीवन हो । हामी सबैले यो कुरा बुझ्न जरुरी छ कि जीवन क्षणभंगुर छ । यसलाई सजग, सन्तुलित र सार्थक बनाउन चाहन्छौं भने अबको समय, सोच र संकल्पले नै हाम्रो भविष्य लेखिनेछ ।

(नेपाली युरोपियन खेलकुद संघ (एनआईएससी) का अध्यक्षसमेत रहनुभएका लेखक विगत साढे दुई दशकदेखि अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा पर्यटन व्यवसाय गर्दै आउनुभएको छ ।)
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes