सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

चैत्र २६, २०८१, Khotang

Image

शहरका परजीवि भिखारीहरु !


       – भिम राई (माक्पाली कान्छा)

ए माईला के छ खबर ?
गैरावारीमा रायो साग कस्तो छ ?
गुन्द्रुक कति बनायौ यसपाली
भटमास छ कि छैन
किनिमा कति मिठो बनाएर राख्या’ छौ
यसो शहर आउने मान्छे भेटेऊ भने
पठाई देऊ है 
एक छाक ।
शहरमा घर भएका 
परजीवि आफन्तको खबर आयो
मेरो गाउँमा ।

फोन सम्पर्क गर्याे उसले
सन्चो विसन्चो सोधेन त्यसबेला
सिधै सोध्यो 
गुन्द्रुक र किनिमाको खबर
मकै च्याँख्ला र कोदोको पिठो
भैसीको घिउ र राँगाको सिकुटी
चम्पासरी धानको चामल
मुलाको सिन्की
सिजन अनुसारको फलफूलहरु
पठाईदेऊ है माईला ।

आदेश नै बर्सायो उसले
चारतले घरको बरण्डाबाट
बर्बरायो उसको स्वर
तल्लो गाउँको भैमानेको छोरो छनि सुशे
विदेशिन शहर आउने कुरा छ 
उसकै हातमा पठाईदेऊ है 
एकमाना भिर मौरीको शुद्घ मह
यता त सबै किनेर खानुपर्छ
फेरि उताको जस्तो अर्गानिक हुँदैन ।

यति धेरै ज्ञान भएका 
परजीविहरु
जो बस्छन् शहरमा
ठुला ठुला महल बनाएर
रायोसाग फल्ने भुई त्यागेकाहरु
भटमास उम्रने खोरिया छाडेर भागेकाहरु
भैँसीको गोबरसँग रिसाएकाहरु
सन्चो विसन्चो सोध्न विर्सेर
फेरि पनि खोजि रहेछन 
मेरो गाउँको अर्गानिक स्वाद
मागी रहेकाछन पसिनाको वासना
ठुला महलका कंगालहरु
शहरका परजीवि भिखारीहरु !

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

Horoscopes Icon

All Horoscopes