सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

तीर्थराज भट्टराई / विचार-विविध

माघ २१, २०८०, Khotang

Image

कठघरामा उभिएको त्यो दिन


                       तीर्थराज भट्टराई

नगरपालिका स्थापना भएपश्चात सार्वजनिक सुनुवाई गर्ने आँट गरेको थिएन कसैले पनि । न, स्थापनाकालका पदेन मेयर कार्यालय प्रमुखले गर्ने हिम्मत गरे ! न , २०७४ सालमा नागरिकबाट अनुमोदित जनप्रतिनिधिले । न, २०७९ सालमा निर्वाचित भएर आएको मेरो नेतृत्वको नगर टिमले नै गर्नुपर्ने  जिम्मेवारी निर्वाह गर्नुपर्ने दायित्व पुरा गयौँ हामीले । 
हिजो गर्नुपर्ने काम छुट्यो ! म कानुन हातमा लिंदैछु, यो गलत छ भन्ने महशुस भएपछि न हो आफूलाई सुधार्ने । चाहे अत्यधिक मदिरापान गर्ने जँड्याहा होस् या कुलतमा फसेको गंजडी नै किन नहोस्, आफूलाई सुधार्ने प्रयत्न गर्छ भने स्याबास् भन्ने कि दुत्कार्ने उसलाई ?  सार्वजनिक सुनुवाईको हकमा मेरो मनमा उठेको प्रश्न हो यो ।                

  पारदर्शी हुने प्रयत्न

२०८० माघ २० गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ काम शुरूवात गरेको छ भन्दा हाँस्यास्पद नै चै नहोला पक्कै पनि । आफूलाई पारदर्शी गर्न खोजेको मात्रै हो, विलकुलै होइन नयाँ काम र  होइन ठूलो बहादुरी पनि । किनकी चौमासिक रूपमा सार्वजनिक सुनुवाई गर्नु निर्वाचित जनप्रतिनिधिको पर्छ कर्तव्य र दायित्व भित्र । कर्तव्य र दायित्व पूरा गर्नुलाई नगरपालिकाको मेरो नेतृत्वले ठूलै पहाड  फो-यौँ र  महान काम भयो भन्न मिल्दैन पनि र भन्दिनँ पनि । तर म घमण्ड साथ भन्छु-विगतलाई दुत्कार्दै यो नगरपालिकाले आगत स्वर्णिम र उज्ज्वल बनाउने अभ्यास शुरूवात गरेको दिनको रूपमा स्मरण हुनेछ, २०८० माघ २० गते । यध्यपि स्वीकार्नै पर्छ—सुन्ने भन्दा सुनाउने बढि भएको माघ महिनाको घमाइलो र पारिलो यो दिन ।

   गम्भीर समिक्षाको खाँचो

नगरपालिकाले आफूलाई पारदर्शी र जवाफदेही बनाउन खोजेको हो, तर नागरिकको भयो न्यून उपस्थिति । यसले गम्भिर नैतिक प्रश्न खडा गरेको छ र प्रश्न उठाइएको पनि छ केही व्यक्तित्वबाट । यो प्रश्न उठ्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो भने पारदर्शिताको अर्को नमूना । प्रश्न किन उठ्यो ? कमजोरी ग-यो कस्ले ? जनप्रतिनिधि, कर्मचारी वा संयोजन गर्ने संस्थाले ? यसको जवाफ खोज्नैपर्छ नगरपालिका परिवारले । गम्भीर समिक्षा गरेर धारणा सार्वजनिक गर्नु पनि अर्को पारदर्शिता हो हाम्रो । ‘ हुनेछ गम्भीर समिक्षा र सार्वजनिक गरिनेछ हाम्रो स्पष्ट धारणा पनि ।
       
  अझै जवाफदेही हुने सुझाव

माघ २० गते स्थानीय हेलिप्याडमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको उपस्थितिलाई लिएर भएको प्रश्नलाई अझै सुखद् र प्रशंसनीय सुझावको रूपमा लिएको छु मैले । किनकी सार्वजनिक सुनुवाई गर्दा अव आइन्दा यति तयारीले पुग्दैन ! व्यवस्थापन अझै गर ! आफूलाई अझै पारदर्शी बनाऊ !   दुईसयको उपस्थितिमा होइन, दुईहजारको उपस्थितिमा पारदर्शी हुनु अझै राम्रो हो भन्नु त नगरपालिका परिवार र मेरो जीवनका लागि त धेरै सुखद् र सम्मान योग्य सुझाव हुन् र नगरपालिकाको लागि ठूलो सम्पत्ति हो त्यो । यध्यपि पव्लिक भन्नु सट्टा पिपूल पनि सर्वथा महत्वपूर्ण अंश हो । हजारको ठाउँमा एकजना जनताले प्रश्न राख्यो भने एकजना व्यक्तिले सोध्नुको के अर्थ भनेर सोच्नु झन घातक हो । तसर्थ पव्लिकको महत्वलाई प्राथमिकता दिइरहदा लोकतन्त्रमा एकजना व्यक्तिको पनि उतिकै महत्व रहन्छ ।

  धन्यवादको अपेक्षा तुह्यो

मैले इमान्दारिताका साथ लेख्नु र बोल्नुपर्छ, नागरिकको गोठाले जनप्रतिनिधि भएको नाताले । २०८० माघ २० गतेको नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाले स्थापना भएको ९ वर्ष पछि ग-यो यो धेरै प्रशंसनीय छ भन्नु भएन  कसैले पनि । कमसेकम अरूले नभने पनि नेकपा एमालेका साथीहरूबाट मैले ठूलो अपेक्षा गरेको थिएँ । नगरपालिकाले यो यो विषयमा अपारदर्शी भयो र जवाफदेही हुन सकेन । भए यी यी कमजोरी । सच्याएर अघि बढ नभए मिसन ८४ तिम्रोलागि सुखद् हुन्न भन्दै प्रश्न उठाउनुभयो । म खुलेरै प्रशंसा गर्छु यो महत्वपूर्ण सुझावको लागि । र, हामी अझै पारदर्शी हुनुपर्छ भन्ने अपेक्षा र सौन्दर्यता नै लोकतन्त्रको गहना हो । यसमा चित्त दुखाउने वा असहमत हुने छैन प्रश्न । तर साथीहरूसँग मेरो एउटै गुनासो रह्यो, पहिलेदेखि अहिलेसम्म नगरेको कामको शुरूवात गरेको , कर्तव्य पूरा नगरेको कामको शुरूवाती भयो, यसप्रति धन्यवाद दिनु भएन मेरो एमालेका साथीहरूसँग रह्यो गुनासो । यो भन्दा अगाडि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नागरिकबाट अनुमोदित हुनुपर्थ्या,े हुनसक्नु भएन । कानून हातमा लिएको जस्तो देखियो, यो गलत थियो भनिदिनु भएन । कमसेकम भोलिदेखि हामी पनि सिक्छौं र हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिले पनि अब सिक भनिदिनु भएन । थोरै नागरिक भए पनि विगतमा हामीले गर्न नसकेको औपचारिक सार्वजनिक सुनुवाई हामी भोलिका दिनमा यो राम्रो अभ्सास यिनीहरुबाट सिक्छौं भनिदिनु भएन, यही हो मेरो पहिलो गुनासो । कमसेकम सातादिनदेखि सूचना प्रवाह गरेर स्थानीय हेलिप्याडमा सार्वजनिक सुनुवाई राख्यौ, राम्रो शुरूवात गर्न खोज्यौ, भनिदिँदा हुन्थ्यो भन्ने अपेक्षा थियो मेरो प्रतिक्रिया राख्ने जिम्मेवार एमालेका नेता साथीहरूबाट । यति अपेक्षा मात्रै तुहेको हो मेरो । अरू यहाँहरूले दिनुभएको सुझावको उच्च कदर गर्दै हृदयदेखि नै गर्छु सम्मान । 

   र, अन्तमा सबैसबैलाई धन्यवाद

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले २०८० माघ २० गते आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका विषयमा केही स्थापित पत्रकार साथीहरूको रातो अक्षरमा स्टाटस लेखेको प्रतिक्रियाले पत्रकारितामा कतै विचलन आएको त होइन वा परिष्कृत पत्रकारिता हो प्रश्न उब्जिएको छ मेरो मनमा । राम्रा नराम्रा विषय वस्तुको अध्ययन, खोज, विश्लेषण गरेर लेखिने समाचार र आलोचनात्मक टिप्पणी मनन योग्य र सम्मानित पत्रकारिता हुन्छ तर.....!!! छैन मसँग राज्यको चौथो अंग सम्मानित पत्रकारज्यूको फेसबुकमा लेखिने स्टाटसको बारेमा लेखिने शब्दहरू । .... तर पनि म सम्मान गर्छु, हामी सवैले बुझ्न नसकेको पत्रकारिताको संवेदनशीलता र मर्यादालाई । र, नागरिकलाई सुसूचित गराउदै पत्रकारिताको शीर र महत्वलाई सधैं उचो राख्न लामो समयदेखि सकृय सबै आदरणीय पत्रकार बन्धुहरूलाई । 

हाम्रो सार्वजनिक सुनुवाइ कार्यक्रमलाई विभिन्न प्रविधि मार्फत प्रत्यक्ष ढंगले आम नगरवासी तथा देशविदेशसम्म हाम्रो आवाज  पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तथा कृयाप्रतिक्रिया दिनुहुने तमाम पत्रकार मित्रहरूप्रति हृदयदेखि नै दिनचाहन्छु मुरीमुरी धन्यवाद । त्यसैगरी हामीलाई प्रोत्साहित गर्दै चिसो मौसममा पनि कार्यक्रमको अतिथि दीर्घामा दिनभरी बसेर कार्यक्रमको शोभा बढाउनु हुने तथा सत्मार्ग र सत्कर्मको मार्गमा हिंडाउँदै नगर समृद्धिको सपना बोकेर हामीलाई पारदर्शी बन्न प्रश्न गर्नुहुने तपाई तमाम नागरिकलाई हार्दिक सम्मान गर्न चाहन्छु । मेरो जीवनको पहिलो अनुभवमा नागरिकको कठघरामा उभिएर नागरिकबाट अनुमोदित  हुँदाआफु सन्तुष्ट रहेको अनुभूति गरेकोछु । जो जति आएर गहन र सान्दर्भिक प्रश्न, जिज्ञासा, गुनासो र सुझाव- सल्लाह दिनुभयो, उहाँहरु प्रति हार्दिक नमन !  तपाईहरुद्धारा प्राप्त सुझाव-सल्लाह नगरपालिकाको लागि ठूलो सम्पति हुनेछ र  यहाँहरुले औँल्याउनु  भएको कमि कमजोरीलाई यथासम्भव सुधार्ने प्रयत्न हुनेछ , यही कवूलका साथ विदा चाहन्छु ! !  हार्दिक धन्यवाद सबैसबैमा ! ! !   
 

          यस रचनाका सर्जक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखको जिम्मेवारीमा  हुनुहुन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes