सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन २२, २०८१, Khotang

Image

मुख्यमन्त्रीमा नरहे पनि प्रदेशको विकास र समृद्दिमा आफ्नो महत्वपूर्ण भूमिका रहने निवर्तमान मुख्यमन्त्री कार्कीको भनाई

हलेसीन्युजडेस्क, खोटाङ /    

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफू हाल मुख्यमन्त्रीमा नरहे पनि कोशी प्रदेशको विकास र समृद्दिका लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। सोमबार वीपी स्मृतिभवन दिक्तेलबजारमा नेपाली काँग्रेस खोटाङले आयोजना गरेको खोटाङको विकास र राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रममा बोल्दै निवर्तमान मुख्य मन्त्री कार्कीले यस्तो बताउनु भएको हो। 

नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका सभापति विष्णुकुमार राईको सभापतित्वमा भएको अन्तरकृयात्मक कार्यक्रममा नेता कार्कीले कोशी प्रदेशको नामाँकनका विषयमा बोल्दै पहिचान पक्षिधरसँग आफ्नै पालामा वार्ताको वातावरण बनाए पछि प्रदेश सभाका साँसदहरु आ आफ्ना जिल्ला र क्षेत्रमा जान सक्ने वातावरण बनेको  उल्लेख गर्नुभय‍ो। उहाँले थप्नुभयो–अब यसलाई सत्ताको बलमा निषेध बाट होईन विवेक र सहमतिबाट टुँगोमा पुराउनुपर्छ । उहाँले आफ्नो मुख्यमन्त्रीको छोटो कार्यकालमा स्वास्थ्य,पर्यटन, वन तथा वातावरण, शिक्षा लगायत अन्य विकास निर्माणका दीर्घकालिन महत्वका कामहरु शुरु भएको समेत चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपसभापति ईवन राई, महासमिति सदस्य शहरमान राई, जिल्ला संगठन विभाग प्रमुख बिष्णुराज राई,जिल्ला सदस्य शरणकुमार राई, नेपाल विध्यार्थी संघका केन्द्रिय सदस्य नईन्द्र राई, जिल्ला समन्वय समिति खोटाङका सदस्य दुर्गा प्रसाद घिमिरे लगायतले जिल्लाको विकास निर्माण तथा नेपाली काँग्रेसका संगठनात्मक अवस्थाका बारेमा आ– आफ्ना धारणाहरु राख्नु भएको थियो । 

कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस जिल्ला कार्य समिति का सचिव ज्ञानेन्द्र जोशीले गर्नुभएको थियो ।

सोमबार विहान निवर्तमान मुख्यमन्त्री कार्कीले हलेसी तुवाचुङस्थित त्रीधार्मिक हलेसी महादेवस्थानको परिसरमा निर्माण भएको  हवन कुण्डको धार्मिक अनुष्ठानका वीच  ओैपचारिक उद्घाटन समेत गर्नुभएको थियो ।

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes