मंसिर २५, २०८१ , Khotang
हलेसीनयुजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङको आयोजनामा राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङका नि. प्रमुख दिपेश बस्नेतको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य.रामकुमार रार्ई (पासाङ)को प्रमुख आतिथ्यतामा आज मंसिर २५ अर्थात डिसेम्वर १० तारिखका दिन गते जिल्ला समन्वय समिति खोटाङको सभाहलमा ७६औैँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।
कार्यक्रमका झलकहरु
आजै अन्तराष्ट्रिय रुपमा मनाइएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन विहान ७ वजे लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक नारा तथा स्लोगन सहितको व्यानर र पम्ल्पेट बोकेर सदरमुकाम दिक्तेल वजारको विभिन्न स्थानको परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर मानव अधिकार दिवसको औपचारिक कार्यक्रमसँग जोडिएको थियो । सो अवसरमा शुभकामना आदान प्रदानका साथ आयोगकोे कार्यक्षेत्र भित्रका मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउँदै अन्तरकृयात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंसिर १० गतेदेखि जिल्लाका विभिन्न स्थानहरुमा रचनात्मक एवं चेतनामूलक विविध कार्यक्रमका साथ अभियानलाई आजसम्म निरन्तरता दिइदै आईएको संविधान सभा सदस्य एवं महिला एकता अध्ययन केन्द्र खोटाङकी अध्यक्ष दुर्गाजयन्ती राईले हलेसी एफएमलाई बताउनुभयो ।
१६ दिने अभियानको समापनपछि मानव अधिकार दिवसको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रामुकमार राईले ब्यानर पढेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महिला नेतृ डिल्ली कुमारी आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा आयोगको कोशी प्रदेश शाखाको क्षेत्राधिकार भित्र रहेका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको चालु आर्थिक वर्षको मानव अधिकार अवस्थामाथि पनि छलफल गरिएको थियो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु तीन जिल्लाको मानव अधिकार अवस्था समान्य रहेको मानव अधिकार खोटाङका नि.प्रमुख बस्नेतले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
प्रमुख अतिथि सांसद राईले कार्यक्रममा बोल्दै वर्तमान विश्व समुदायमा मानव अधिकारप्रति सबै राष्ट्रहरु सचेत र संवेदनशिल रहेको र यसको संरक्षण संवद्र्धनमा अझ राज्य पक्षबाट गम्भिर हुनुपर्ने उल्लेख गर्नुभयो । मानवीय आत्मसम्मान विना मानव जीवन पशुतुल्य हुने हुँदा कुनै पनि मानिसलाई उसको कुनै अधिकारबाट वञ्चित गर्न नमिल्ने उहाँको कथन थियो ।
कार्यक्रममा अन्य अतिथिहरु संविधानसभा सदस्य दुर्गाजयन्ती रार्ई, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, राजनैतिक दलका प्रतिनिधिहरु लगायतले मानव अधिकारका सम्बन्धमा आ—आफ्ना धारण राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण राजकुमार रिजालले गर्नुभएको थियो ।
हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’ रहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !