सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २७, २०८१, Khotang

Image

महुली लघुवित्त शाखाको एकदिने गोष्ठी सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको बारेमा जानकारी गराउदै यसको कार्य क्षेत्र, यसबाट उपलव्ध हुने सेवा र सुविधाहरु तथा यसका समस्या र चुनौतिहरुको बारेमा एकदिने गोष्ठीको आयोजना गरेको छ । महुली सामुदायिक लघुवित्तकी बचतकर्ता तथा केन्द्र नं. १० का केन्द्र प्रमुख  गिता थापा को अध्यक्षता तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज राईको प्रमुख आतिथ्यतामा फागुन २७ गते महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको बारेमा जानकारी गराउदै यसको कार्य क्षेत्र, यसबाट उपलव्ध हुने सेवा र सुविधाहरु तथा यसका समस्या र चुनौतिहरुको बारेमा एकदिने गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रममा महुली केन्द्रीय कार्यालय कर्जा व्यवस्थापन विभागका विभागीय प्रमुख विजय यादव, कार्यपालिका सदस्य मिना कार्की,  मौली लघुवित्त कार्यालय अर्खोलेका प्रमुख सुरेश चौधरी र  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोपिला भुजेलको समेत उपस्थिति रहेको थियो ।

महुली लघुवित्त दिक्तेल शाखा अन्तर्गत १५७ केन्द्रहरू रहेका र सबै केन्द्रबाट प्रतिनिधित्व रहेको मौलिक दिक्तेल शाखाका प्रमुख चेतन पहाडीले बताउनुभयो । केन्द्र सञ्चालनमा भएका अवसर समस्या र चुनौतीहरूलाई चिर्न र केलाउनको लागि कार्यक्रमको आयोजना गरिएको कर्जा प्रमुख विजय यादवले बताउनुभयो । उक्त कार्यक्रमको अवसरमा १० जना उत्कृष्ट सदस्य र दुईवटा उत्कृष्ट केन्द्र र एकजना उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको थियो । 

उत्कृष्ट सदस्यहरूमा गीता थापा केन्द्र नम्बर १०, राधा चौलागाईं केन्द्र नम्बर ६३, संगीता थापा केन्द्र नं ५, गीता खत्री  केन्द्र नम्बर ५३ , चित्रकला घिमिरे केन्द्र नम्बर २९, कविता कुमारी कठेत केन्द्र नम्बर ८२,  रबिना राई केन्द्र नम्बर १६, गीता राई केन्द्र नम्बर ५५ र अमर कुमारी राई केन्द्र नम्बर ११० रहेका छन् । 

यसैगरी उत्कृष्ट सदस्यमा केन्द्र नम्बर ३१ कै प्रेमिला राई, उत्कृष्ट बचतकर्तामा प्रेम दोर्जी शेर्पा केन्द्र नम्बर १०८ र उत्कृष्ट उद्यमी खिना विश्वकर्मा  सम्मानित भएका छन्  । सो कार्यक्रममा विशेष अतिथि वित्तीय कर्जा विभागीय प्रमुख विजय कुमार यादव, प्रमुख अतिथि  नवराज राई तथा कार्यक्रमका सभापति गीता थापाले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो  ।

कार्यक्रमका वीच वीचमा संगम टोल महिला बिकास केन्द्र दिक्तेलले खैजडी भजन र संगिनी नृत्यमा बित्तिय सन्देश प्रवाह गरिएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

दिप्रुङचुईचुम्मामा खुला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिँदै हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

Horoscopes Icon

All Horoscopes