सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १६, २०८०, Kathmandu,Nepal

Image

बजेटमा स्वतन्त्र रेडियोलाई नसमेटिएको भन्दै संशोधनको माग सहित ज्ञापनपत्र बुझाइयो

 

हलेसीन्युजडेस्क, खोाङ

नेपालका स्वतन्त्र रेडियोलाई सरकारले नयाँ बजेटमा संबोधन नगरेका भन्दै स्वतन्त्र रेडियोका छाता संगठनहरुले आपत्ति जनाएका छन् । सरकारका तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार प्रस्तुत गर्नुभएको बजेटमा स्वतन्त्र रेडियोका समस्यालाई सम्बोधन होइन उपेक्षा गरिएको भन्दै स्वतन्त्र रेडियो प्रसारकहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र ब्रोडकास्टीङ एशोसिएसन अफ नेपाल (बान)ले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई छुट्टाछुट्टै भेटेर ध्यानकर्षण गराएका छन् । 

अकोराबका अध्यक्ष अर्जुन गिरीले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित लिखित रुपमा ध्यानाकर्षण गराइएको र सरकारले स्वतन्त्र रेडियोलाई बेवास्ता गरे आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी दिइएको बताउनुभयो । अकोराबका अध्यक्ष अर्जुन गिरी र बानका अध्यक्ष कुमार भट्टराइले आजै संयुक्त विज्ञप्ती निकालेर आगामी आर्थिक वर्षको बजेटमा रेडियोहरूको नवीकरण तथा रोयल्टी शुल्कमा छुट गर्न, नवीकरण, करलगायतमा अन्य संस्थासरह नियमानुसार राजस्व तिरिरहेका स्वतन्त्र रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहाको लागि नीतिगत व्यवस्था गरी दोहोरो–तेहेरो कर असुलीको अन्त्य गर्नुपर्ने लगायत माग गरिएको छ ।

 भेटमा अर्थ मन्त्री डा. महत र सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सकारात्मक प्रतिक्रिया दिनुभएको सिआइएनले जनाएकोछ ।

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes