सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २०, २०८०, Khotang

Image

नागरिकता विधेयक प्रमाणिकरणका विरोधमा खोटाङमा राँकेजुलुश र पुत्ला दहन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेलवजारमा नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा राँकेजुलुश प्रदर्शन गरिएको छ । राष्ट्रपतिबाट जेठ १९ गते संसद छलेर अवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै त्यसको विरोधमा  एमाले निकट अनेरास्वबियुले शुक्रवार वेलुकी दिक्तेलवजारमा राँके जुलुस प्रदर्शनका साथै राष्ट्रपति रामचन्द्र पौडेल तथा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् । 

‘‘मृत नागरिकता विधेयकलाई असंवैधानिक ढंगले राष्ट्रपतिबाट प्रमाणिकरण भएकोमा चौतर्फी यसको विरोध भइरहेको छ । यसैक्रममा शुक्रवार दिक्तेल बजारमा एमाले निकट अनेरास्वाबियुले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा विरोध प्रदर्शन गरिएको हो । ’’– अनेरास्वावियुका सचिब बिष्णु उपरकोटीले हलेसी एफ एमलार्ई भन्नुभयो । नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्वबियुले पुष्पलाल स्मृति भवनदेखि दिक्तेलको त्रिबेणीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो ।

मसाल जुलुस र पुत्ला दहनपछि त्रिबेणीचोकमा भएको कोणसभालाई अनेरास्वबियु खोटाङका अध्यक्ष मोहन संग्राम र राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रोशन चाम्लिङले सम्बोधन गर्नुभएको थियो । त्रिबेणीचोकमा प्रदर्शनकारी र प्रहरीबिच केहीवेर मसाल खोसाखोस चलेको थियो ।

शनिवार विहान सडक बहसका लागि दिक्तेलको त्रिवेणी चौकमा अनेरास्वाबियुका युवांहरु जम्मा भएको बुझ्नमा आएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes