सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ४, २०८०, Diktelrupakotmajhuwagadi

Image

वाल सेवा समाज नेपाल नेर्पाको बाह्रौँ अधिवेशन सम्पन्न

अधिवेशनबाट  चन्द्रकला भुजेलको अध्यक्षतामा नयाँ कार्यसमित गठन / रक्तदाता वजिमय सम्मानित 

हलेसीन्युजडेस्क, खोटाङ /

वाल सेवा समाज नेपाल, नेर्पाको २४ औँ साधारण सभा तथा वाह्रौँ अधिवेशन सम्पन्न भएको छ । विहीवार सम्पन्न वाहौँ अधिवेशनबाट चन्द्रकला भुजेललाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्थाको उपाध्यक्षमा कविराज रिजाल, सचिवमा विष्णु उपरकोटी, उपसचिवमा सन्तोष घिमिरे र कोषाध्यक्षमा मालती राई चयन हुनुभएको छ ।  यसैगरी सदस्यहरुमा कञ्चन परियार, अम्विका बस्नेत रिजाल, सुवासचन्द्र आचार्य र चित्रकला भुजेल निर्वाचित हुनुभएको प्रवन्ध निर्देशक युवराज रिजालले जानकारी दिनुभयो ।

अधिवेशनबाट  राजकुमार रम्तेलको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समिति सदस्यहरुमा लोकेन्द्र राई, जितलक्ष्मी राई, चित्रकुमार राई र इन्द्र कुमारी रिजाल रहनु भएको जनाइएको छ ।

आजै भएको चौविसौँ साधारण सभाबाट आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम समेत पारित गरिएको संस्थाले जनाएको छ । 

बाह्रौँ अधिवेशन तथा चौविसौँ साधारण सभाको उद्घाटन सत्र संस्थाकी अध्यक्ष चन्द्रकला भुजेलको सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङकी प्रमुख गिता दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

सोही कार्यक्रममा त्रिपन्नौ पटक रक्तदान गरी अरुलाई पुनर्जीवन दिलाएर  मानवीय सेवामा योगदान दिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेल निवासी छत्रकुमार वजिमयलाई वाल सेवा समाज नेपाल नेर्पाका तर्फबाट वर्ष उत्कृष्ट समाजसेवी घोषणा गर्दै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य दानबहादुर राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा एमालेका केन्द्रिय सदस्य रमेश पौडेल, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नगर कार्यपालिका का सदस्यहरु, संस्थाका आजिवन तथा साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes