सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ४, २०८०, Diktelrupakotmajhuwagadi

Image

प्रदेश मन्त्री मेन्याङ्बोमाथि पहिचान पक्षधरद्धारा विरोध प्रदर्शन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङका पहिचान पक्षधरले कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई  कालो झन्डा देखाएका छन् । प्रदेश पुनःनामांकनको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले बिहीबार मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरिक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चोकमा कालो झन्डा देखाएका हुन् ।

कालो झन्डा देखाउने क्रममा सुरक्षाकर्मीले धरपकड गर्दा आन्दोलनकारी घाइते समेत बन्न पुगेको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार घाइते हुनेहरुमा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल सङ्घर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत रहेका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै पहिचान पक्षधर नेता तथा कार्यकर्ताले प्रहरी प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका थिए ।

निर्माणाधीन जिल्ला अस्पताल खोटाङको भवन निरीक्षण तथा अनुगमन गरेर मन्त्री फर्कने बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताउनुभयो । 

ज–जसको कारणले पहिचानको आधारमा प्रदेशको नाम राख्न धोखा भयो, उहाँहरु जिल्लामा आएको वखत विरोध जनाउदा प्रहरी दमन हुनु दुःखदायी भएको मूल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ भन्नुहुन्छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes