सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २३, २०८०, Khotang

Image

कांग्रेसनेता स्व. बुढाथोकीप्रति कांग्रेसले सम्मानस्वरुप पार्टीको झण्डा तीन दिन झुकाउने

 

हलेसीन्युजडेस्क, खोटाङ /
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य तथा पूर्व मन्त्रि केशवकुमार वुढाथोकीको उपचारकाको क्रममा माघ २२ गते निधन भएकोमा आज नेपाली कांग्रेसको केन्द्रिय समितिको आकस्मिक बैठक बसी गहिरो दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेको छ । आकस्मिक बैठकबाट स्वर्गीय वुढाथोकीप्रति सम्मान प्रकट गर्दै २३, २४ र २५ गते तीन दिन केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र पूर्व निर्धारित कार्यक्रमहरु स्थगन गर्ने निर्णय भएको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।

त्यस्तै माघ २४ गते एक दिन केन्द्र, प्रदेश तथा जिल्लाका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

स्वर्गारोहणको तेह्रौँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोकपुस्तिका राख्ने तथा स्वर्गारोहणको तेह्रौँ दिनमा सम्बिन्धत जिल्ला झापामा शोकसभाको आयोजना गर्ने निर्णय समेत आकस्मिक बैठकबाट भएको मुख्य सचिव पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विक्रम सम्बत २००१ साल अशोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । उहाँको विरानगरस्थित विराटमेडिकल कलेजमा उपचार भैरहेको अवस्थामा माघ २२ गते निधन भएको थियो ।

उहाँको निधनबाट पार्टीपंक्ति स्तव्ध र मर्माहत बनेको विज्ञप्तिमा भनिएको छ ।

        नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट जारी शोक विज्ञप्ति


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes