सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १, २०८०, Khotang

Image

खोटाङमा कवितामार्फत शहिदलाई सम्झदै जनयुद्ध दिवस मनाइयो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा २९ औँ जनयुद्ध दिवसको अवसरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । फागुन १ गते २९औँ जनयुद्ध दिवसको अवसर पारेर सदरमुकाम दिक्तेलवजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङले शहिद शिर्षकमा खुला कविता प्रतियोगिताको आयोजना गरेको हो ।

दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश राईका अनुसार कविता प्रतियोगितामा १५ जना कवि कवियत्रीहरु सहभागी हुनुहुन्थ्यो भने पाँच जना कविहरुले अप्रतियोगी कविता वाचन गरेर सुनाउनुभएको थियो । 

  प्रतियोगितामा विजयी कवि कवियत्रीहरुलाई पुरस्कार प्रदान गरिदै

 

 

 


(तस्विर-प्रतिष्ठानका अध्यक्ष सुरेश राईको फेसवुकवालबाट साभार) 

प्रतियोगी कविताहरुमध्ये ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुशिला तिम्सिना द्धारा वाचन गरिएका कविताले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो भने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी हमिता विश्वकर्माद्धारा वाचित कविताले द्धितीय स्थान प्राप्त गर्न सफल भएको थियो ।

त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ज्ञानदीप चाम्लिङको कविता तृतीय घोषित भएको थियो भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका धनिराम राई र सोही नगरपालिका–२ सोल्माका अमर श्रेष्ठद्धारा प्रस्तुत गरिएका कविताहरुले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कवि तथा कवयत्रीलाई क्रमशः नगद रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु एक हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी कवि तथा कवयत्रीलाई साहित्यकार एवम् कवि नरेन्द्र निर्विकारले नगदसहितको पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

साहित्यकारहरु रामबिक्रम थापा, एमसी सुमित र रेखा राई ‘क्षितिज’ निर्णायक रहनुभएको कविता प्रतियोगिताको अन्तमा ‘सुन्ने–सुनाउने’ कार्यक्रम समेत राखिएको थियो । सुन्ने सुनाउने क्रममा साहित्यकार एवम् कवि नरेन्द्र निर्विकार, रामबिक्रम थापा, एमसी सुमित, रेखा राई ‘क्षितिज’, कृष्ण बुढाथोकी, रोशनकिशोर राई, ओमप्रकाश घिमिरे, भीम राई लगायतले आ–आफ्नो साहित्य सिर्जना सुनाउनुभएको थियो ।

यसैगरी आजै योङ कम्युनिष्ट लिग (वाईसिएल) खोटाङले जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, अङ्गुर, सुन्तला लगायत विभिन्न प्रकारका फलफूल वितरण गरिएको वाईसिएल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर नगर समितिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका स्थानीय वासिन्दा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

Horoscopes Icon

All Horoscopes