सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन ३, २०८०, Khotang

Image

‘नागरिकसँग प्रहरी’ रडियो कार्यक्रम निरन्तरता सम्बन्धमा पुनः सम्झौता


हलेसीन्युजडेस्क, खोटाङ /

जिल्ला प्रहरी कार्यालय खोटाङले उत्पादन गरी हलेसी एफएमबाट प्रशारण हुदै आइरहेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रहरी रेडियो कार्यक्रम निरन्तरताका लागि आज पुनः दोश्रो चोटि सामुदायिक रेडियो हलेसी एफएम र जिल्ला प्रहरी कार्यालय खोटाङवीच सम्झौता नवीकरण भएको छ । 

२०८० साल श्रावण १ गते जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन प्रहरी नायव उपरिक्षक मन्जिल मुकारुङको विशेष चासो र प्रयासमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रहरी रेडियो कार्यक्रम प्रशारणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पहिलो पक्ष र हलेसी एफएम दोश्रो पक्ष भएर प्रथम चरणमा सम्झौता भएको थियो । 

   

रेडियो कार्यक्रम नागरिकसँग प्रहरीको प्रभावकारिता र लोकपृयतालाई हेरेर आज पुनः जिल्ला प्रहरी कार्यालय खोटाङ र हलेसी एफएमवीच दोश्रो पटक सम्झौता गरिएको हलेसी एफएमका निमित्त स्टेशन म्यानेजर सुनिल श्रेष्ठले बताउनुभयो । 

अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न जिल्लास्थित सञ्चार माध्यम हलेसी एफएमसँग सम्झौता नविकरण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका  प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट उत्पादित अपराध अनुसन्धान, नागरिक सचेतना लगायत समुदाय मैत्री प्रहरी गतिविधि सँग सम्बन्धित रेडिय‍ो कार्यक्रम–‘नागरिकसँग प्रहरी’–सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट महिनाको हरेक १५ गते विहान ८.०५ वजेदेखि ८.३० वजेसम्म र सोही दिन वेलुकी ६.०० वजेदेखि प्रशारण हुँदै आईरहेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes