सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २६, २०८१, खोटाङ

Image

ज्ञानेन्द्र विकको अध्यक्षतामा हिमाल मिडिया ग्रुपको पुनःगठन

    संस्थापक अध्यक्ष पदम हिङमाङ सम्मानित

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको हिमाल मिडिया ग्रुपको पुनःगठन गरिएको छ । विक्रमसम्वत २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७ दोर्पाचिउरीडाँडा निवासी लोककलाकार पदम हिङमाङको अध्यक्षतामा स्थापना भै संगित, साहित्य, कलाका साथै सामाजिक गतिविधिमा समेत कृयाशिल हुदै आएको हिमाल मिडिया ग्रुपलाई समयसापेक्ष गतिदिने उद्धेश्यले ज्ञानेन्द्र वि.क.को अध्यक्षतामा पुनःगठन गरिएको सस्थापक अध्यक्ष पदम हिङमाङले हलेसी एफएमलाई बताउनुभयो ।

             नवगठित कार्य समितिका अध्यक्ष ज्ञानेन्द्र विक

मंगलवार दिक्तेलवजारस्थित थ्रिवदर्श होटलमा पत्रकार सम्मेलन गरी नयाँ कार्यसमिति गठनको जानकारी गराउदै सो अवसरमा संस्थापक अध्यक्ष हिङमाङलाई विगतमा उहाँले संस्थालाई पुराउनुभएको योगदानको कदरस्वरुप सम्मानपत्रद्धारा सम्मान प्रदान गरिएको थियो ।

नयाँ कार्य समितिमा अध्यक्ष विश्वकर्माका साथै उपाध्यक्षमा चन्द्र परियार, सचिवमा सहवीर विश्वकर्मा, सहसचिवमा मिलन राई र कोषाध्यक्षमा रेजिना राई चयन हुनुभएको छ । यस्तै अन्य ९ जना सदस्यहरु चयन गरिएको जनाइएको छ ।

ग्रुपको निर्देशकमा लभ्लि भिम तथा म्यानेजरमा अनिश जोशी रहनुभएको छ । संस्थापक अध्यक्ष हिङमाङका साथ अन्य पाँचजनालाई सल्लाहकारमा मनोनयन गरिएको जनाइएको छ ।

हालसम्म औपचारिक रुपमा संस्था दर्ता नभएको हुँदा अब तत्काल विधान बनाएर यसलाई दर्ता गरिने नवगठित अध्यक्ष विश्वकर्माले बताउनुभयो । चाँडै दिक्तेलमा कार्यालयको स्थापना गरेर आफ्नो गतिविधिलाई कृयाशिल बनाउने समेत उहाँको भनाई छ  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes