सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २२, २०८०, Khotang

Image

श्रीमावि वाँसवोटेमा विव्यासले पायो पूर्णता / काजिमान राई अध्यक्षमा सर्वसम्मत चयन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री मावि  बाँसवोटेको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । विव्यासको खुल्ला दुई पुरुष सदस्यका लागि बुधबार भएको निर्वाचनमा लफ्याङका गिरीराज घिमिरे र खाल्लेका उमानाथ ढुङगाना निर्वाचित हुनुभएको छ । 

 विव्यासका नवनिर्वाचित अध्यक्ष काजिमान राईलाई अविर लगाई स्वागत गरिदै

यस अगाडि नै विव्यासको दुई महिला सदस्यमा मिना लिम्बु राई र सुस्मिता विक सहमतिमा छनौट भईसक्नुभएको छ ।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट एक पुरुष र एकजना महिला मनोनित गर्नुपर्ने प्रावधान अनुसार आजै पुरुषमा लफ्याङका काजिमान राई तथा लफ्याङकै स्वस्तिका राई लाई मनोनित गरिएको छ भने शिक्षक प्रतिनिधिमा ज्ञानेन्द्र कुमार राई, वडाप्रतिनिधिमा गोविन्द बहादुर कटुवाल तथा सदस्य सचिवमा प्रअ पूर्णकुमार राई चयन हुनुभएको छ । उहाँहरुले आजै विव्यास सदस्यहरुमध्येबाट काजिमान राईलाई विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गर्नुभएको शिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । 

लफ्याङ स्थित साविक वडा नं. ४ मलहर टोलका राई तीन वर्षका लागि श्री मावि वाँसवोटेको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएकोमा खुशी व्यक्त गर्नुहुदै आफ्नो कार्यकालमा विध्यालयको शैक्षिक तथा भौतिक प्रगतिका लागि सबैको सहयोग लिई पूर्णरुपमा लागिपर्ने हलेसी एफमलाई बताउनुभयो ।

 

[ विध्यालयसँग सम्बन्धित अन्य खवरहरु--

श्रीमावी वाँसवोटेको ६३औँ वार्षिकोत्सव सम्पन्न

श्रीमावि वाँसवोटेको ६३ औँ वार्षिकोत्सव तीन दिन मनाइदै

श्रीमावि वाँसवोटेले मनाउँदैछ ६३औँ वार्षिकोत्सव  }
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

Horoscopes Icon

All Horoscopes